ताप्लेजुङ गोल्डकपको दोस्रो पुरस्कार पाथीभरा दर्शन केबलकारले प्रायोजन गर्ने



रेडियो काबेली
ताप्लेजुङ ।
यही श्रावण २४ गते देखी हुने अन्तराष्ट्रिय आमन्त्रित तेस्रो ताप्लेजुङ गोल्डकपको दोस्रो पुरस्कार पाथीभरा दर्शन केबलकार कम्पनीले प्रायोजन गर्ने भएको छ । लाखे जात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार गोल्डकपको दोस्रो पुरस्कार ३ लाख ५० हजार ८२ रुपैयाँ कम्पनीले दिने भएको हो ।

समिति र कम्पनीबीच पुरस्कार दिने विषयमा सम्झौता भएको कोषाध्यक्ष शेर्पाले बताउनुभयो । कम्पनीले ताप्लेजुङमा अवस्थित पूर्वको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा केबलकार निर्माण गरि रहेको छ । यस अघि अप्पर तमोर हाइड्रो पावरले गोल्डकपको प्रथम पुरस्कार बराबरको ७ लाख २ हजार ८२ रुपैयाँ पुरस्कार प्रायोजन गर्ने सम्झौता भइसकेको छ ।  

गोल्ड कपमा तेल्लोक स्पोर्टीङ क्लब सहित ८ टिमको सहभागिता हुँदै छ । जसमा अन्तराष्ट्रिय टोली लेजण्ड फुटबल एकेडेमी सिलिगुडी भारत, फिदिम स्पोर्टिङ क्लब पाँचथर, रेडस्टार फुटबल क्लब झापा, द योङ ब्रदर्स क्लब इटहरी सुनसरी, सहलेस युवा क्लब सिराहा, चर्च ब्वाइज क्लब काठमाडौँ, सहारा क्लब पोखरा सहभागी हुने भएका छन् ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकसहित विभिन्न विधामा छनोट हुने खेलाडीलाई जनही १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले प्रतिनिधि सभा सांसद योगेश भट्टराईको पहलमा यामाहाको बाइक समेत प्राप्त गर्ने आयोजकको भनाई छ ।

त्यस्तै हरेक दिन टिकट काट्ने दर्शकले स्मार्ट फोन प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : 10:10 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन