आन्छन साहित्यिक पुरस्कारबाट हर्क यक्सो सम्मानित



ताप्लेजुङ । चन्द्र मादेन ‘आन्छन’ साहित्यिक पुरस्कारबाट ताप्लेजुङका दयाशील साहित्यिक स्रष्टा हर्क यक्सो सम्मानित हुनु भएको छ । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले २१२ औं भानु जयन्तिको अवसरमा एक कार्यक्रमको आयोजना गरी यक्सोलाई नगद २० हजार रुपियाँ सहित सम्मान पत्रका साथ सम्मान गरेको हो ।

स्रष्टा यक्सोले साहित्यिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउनु भएकाले सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष कमल प्रसाद भट्टराईले बताउनुभयो । शिक्षण पेशाबाट अवकाश हुनु भएका यक्सोले ‘जीवन एक परिभाषा अनेक’, ‘केही लोक कथाहरु’ र ‘पैतालाका डोबहरु’ जस्ता कृतिहरू प्रकाशित गर्नुभएको छ ।

प्रतिष्ठानले हरेक वर्ष जिल्लाका उत्कृष्ट साहित्यिक स्रष्‍टालाई नगद सहित सम्मान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : 5:27 pm

नेपाल भाषा तथा सांस्कृतिक समाज मनायो नेपाल सम्वत्

सौगात विष्ट ताप्लेजुङ, कात्तिक ५ गते । नेपाल भाषा तथा

पाथीभरामा कार्तिक ८ गते पुजा आराधाना सहित वृहत सरसफाई कार्यक्रम हुने

रेडियो काबेलीताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिती र फुङलिङ नगरपालिकाको

फुङलिङमा एक घरमा आगलागी हुँदा ३६ लाख बराबरबो क्षती

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुुङलिङमा एक घरमा मंगलबार साँझ आगलागी

ताप्लेजुङ सेवा समाज मलेसियाद्धारा सिदिङ्वाका मृगौला पिडितलाई आर्थिक सहयोग

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका

पाँचौ मेरिङदेन कप फुटबल प्रतियोगिता कार्तिक ७ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दिपावलीको अवसरमा पाँचौ मेरिङदेन कप पुरुष फुटबल