कञ्चनजङ्घा बेस क्याम्पमा साइक्लिङ (फोटो फिचर)



ताप्लेजुङ । कञ्चनजङ्घा आधार शिविर (बेस क्याम्प) क्षेत्रमा पहिलो पटक साइक्लिङ गरिएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घाको दक्षिणी आधार शिविर छेउको ओक्ताङ क्षेत्रमा पहिलो पटक साइक्लिङ गरिएको हो ।

सिरिजङ्घा गाउँपालिकाले आयोजना गरेको सिरिजङ्घा पर्यटन महोत्सव २०८२ को अवसरमा चार जना राइडरले पालिकाको याम्फुदिनस्थित थुङगिमदेखि ओक्ताङसम्म सफलतापुर्वक साइक्लिङ गरेका हुन् ।

धरान माउन्टेन बाइक नेटर्वकका सञ्चालक अविशेक मादेन, अनिष तामाङ, दिपसागर तामाङ र निमा शेर्पाले नयाँझोरेनी–तरुङदेन–चाइराम–रामजेर हुँदै ओक्ताङको सम्मको पैदलमार्गमा साइक्लिङ गरेका छन् ।

कञ्चनजङ्घा हिमालको भ्यू पोइन्ट मानिएको करिब चार हजार आठ सय मिटर उचाइमा अवस्थित ओक्ताङदेखि पुन नयाँ थुङगिमसम्मको पदमार्गमा साइक्लिङ गरेका हुन् ।

गाउँपालिकाले कञ्चनजङ्घा हिमालमा आरोही तथा अवलोकनकर्ताको सङ्ख्या वृद्धि गर्न साइक्लिङ गरेको जनाएको छ । यात्रा सम्पन्न गरेपछि राइडर मार्फत पालिकाले थप विकासका लागि सल्लाह सुझाव समेत माग गरेको थियो । अनुभव राइडरहरूले दिएको सुझावको आधारमा थप स्तरोन्नति गर्ने र आगामी दिनमा प्रतिष्पर्धात्मक साइक्लिङ गर्ने तयारी समेत थाल्ने पालिकाको योजना रहेको छ ।

प्रकाशित मिति : 4:09 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो