ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्ति पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीय नाबालिकालाई जवरजस्ती करण गरेको आरोपमा झापा जिल्ला घर भई हाल ताप्लेजुङ जिल्लामा व्यवसाय गर्दै आएका वर्ष ३२ का पुरुषलाई सोमबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार उक्त नाबालिकालाई आरोपीले रेडमी मोबाईल किनी दिएर ललाईफकाई प्रलोभनमा पारि वैशाख ६ गते जवरजस्तीकरणी गरेका थिए ।

पक्राउ गरिएका पुरुषलाई मुलुकी फौजदारी कार्यबिधी संहिता २०७४ को दफा १४ (३) बमोजिम जिल्ला अदालत ताप्लेजुङबाट पाँच दिनको म्याद थप अनुमति लिई बिस्तृत अनुसन्धान कार्य भई रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : 4:43 pm

रिड नेपालले दियो ताप्लेजुङका १ सय ५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

प्रथम मानाभारा गोल्डकपलाई ५ लाख ३७ हजार बढी नाफा 

ताप्लेजुङ, पुस ३० गते । प्रथम मानाभारा गोल्डकपलाई ५ लाख

पाथीभरा मन्दिरमा २४ लाख बढी भेटी सङ्कलन 

ताप्लेजुङ, पुस ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित