पाथीभरा गाडी दुर्घटनाः आफन्तले बुझे शब




रेडियो काबेली
ताप्लेजुङ । सोमबार ताप्लेजुङको पाथीभरा दर्शनका लागि गएको बोलेरो दुर्घटना मृत्यु भएका चारै जनाको शब पोष्टमार्टम पछि परिवारले बुझेका छन् । दुर्घटनामा मृत्यु भएका झापाको भद्रपुर नगरपालिका साबिक १५ र हालको वडा नम्बर ८ का ७० वर्षीय विनादे पौडेल र उहाँकी श्रीमती ६९ वर्षीय सरिता पौडेल र उहाँकी नातिनी ललितपुर जिल्लाको ललितपुर महानगरपालिका १० की १६ वर्षीय आध्या आचार्यको शब उहाँहरुको आफन्त महेश पौडेलले सोमबार साँझ बुझेर झापा लग्नु भएको छ । त्यस्तै सवारि चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० का अन्दाजी वर्ष ४२ का दुर्गा भट्टराईको शब मंगलबार बिहान परिवारले बुझेको प्रहरीले जनाएको छ ।


दुर्घटनामा घाईते विनोद र सरिताकी छोरी ललितपुरकी वर्ष ४५ की सविना आचार्य र सविनाका छोरा वर्ष १० का अभियम आचार्यको काठमाडौंको हेम्स अस्पतालमा उपचार भई रहेको छ । उहाँहरुलाई अन्नपुर्ण एयरलाईन्सको हेलिकप्टर मार्फत सोमबार हेम्स अस्पतालका दुई विशेषज्ञ चिकित्सक सहित आएको थियो । सोही हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । सोमबार ताप्लेजुङबाट पाथिभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा ४ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : 3:31 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो