ताप्लेजुङमा हिउँ चितुवा संरक्षण सम्बन्धी शिक्षकलाई तालिम



ताप्लेजुङ । ताप्लेजुङमा हिउँ चितुवा संरक्षण सम्बन्धी अध्यापन गराइ रहेका विद्यालयका शिक्षकलाई क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गरिएको छ । जिल्लाका तीन ओटा पालिकाका विभिन्न विद्यालयका शिक्षकहरूलाई क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गरिएको हो ।

हिउँ चितुवा पाइने क्षेत्रमा रहेका विद्यार्थीलाई लक्षित गरि ताप्लेजुङको ६ ओटा विद्यालयमा संरक्षण सम्बन्धी अध्यापन गराइ रहेका शिक्षकलाई हिमाली संरक्षण मञ्चले टेका समुह नेपाल र स्नो लियोपार्ड कन्जरभेन्सीको आर्थिक सहयोगमा तालिम प्रदान गरिएको छ । मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको बालदेन माद्यमिक विद्यालय पापुङ, साँवा माद्यमिक विद्यालय, सिरीजंघा गाउँपालिकाको सरस्वती माद्यमिक विद्यालय सिकैचामा पढाईको कार्य जारी रहेको छ ।

त्यस्तै फक्ताङलुङ गाउँपालिकाको रविकला आधारभुत विद्यालय साउदेन, घुन्सा आधारभुत विद्यालय र सरस्वती माद्यमिक विद्यालय तापेथोकमा पढाई भइरहेको छ । सो विद्यालयका कक्षा छ, सात र आठमा संरक्षण सम्बन्धीका पढाई विगत चार वर्षअघिदेखि सुरु गरिएको हो । मञ्चले तयार पारेको पाठ्यक्रमलाई विद्यालयमा अध्यापन गराइरहेको संयोजक राईको भनाइ छ । तालिमको सहजिकरण टेका समुह नेपालका कार्यकारी निर्देशक अनिल अधिकारी, फिल्ड कोअर्डिनेटर रोजिना घिमिरे र मञ्चका निर्देशक राईले गर्नु भएको छ ।

कार्यक्रममा हिउँ चितुवा संरक्षण शिक्षा सुरु हुनु अगाडि र हालको अवस्था, समुदायमा कार्यक्रमको प्रभावकारिता, संरक्षण सन्दर्भ पुस्तकको मूल्याङ्कन तथा चर्चा गरिएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार १८:४५

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले