ताप्लेजुङमा हिउँ चितुवा संरक्षण सम्बन्धी शिक्षकलाई तालिम



ताप्लेजुङ । ताप्लेजुङमा हिउँ चितुवा संरक्षण सम्बन्धी अध्यापन गराइ रहेका विद्यालयका शिक्षकलाई क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गरिएको छ । जिल्लाका तीन ओटा पालिकाका विभिन्न विद्यालयका शिक्षकहरूलाई क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गरिएको हो ।

हिउँ चितुवा पाइने क्षेत्रमा रहेका विद्यार्थीलाई लक्षित गरि ताप्लेजुङको ६ ओटा विद्यालयमा संरक्षण सम्बन्धी अध्यापन गराइ रहेका शिक्षकलाई हिमाली संरक्षण मञ्चले टेका समुह नेपाल र स्नो लियोपार्ड कन्जरभेन्सीको आर्थिक सहयोगमा तालिम प्रदान गरिएको छ । मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको बालदेन माद्यमिक विद्यालय पापुङ, साँवा माद्यमिक विद्यालय, सिरीजंघा गाउँपालिकाको सरस्वती माद्यमिक विद्यालय सिकैचामा पढाईको कार्य जारी रहेको छ ।

त्यस्तै फक्ताङलुङ गाउँपालिकाको रविकला आधारभुत विद्यालय साउदेन, घुन्सा आधारभुत विद्यालय र सरस्वती माद्यमिक विद्यालय तापेथोकमा पढाई भइरहेको छ । सो विद्यालयका कक्षा छ, सात र आठमा संरक्षण सम्बन्धीका पढाई विगत चार वर्षअघिदेखि सुरु गरिएको हो । मञ्चले तयार पारेको पाठ्यक्रमलाई विद्यालयमा अध्यापन गराइरहेको संयोजक राईको भनाइ छ । तालिमको सहजिकरण टेका समुह नेपालका कार्यकारी निर्देशक अनिल अधिकारी, फिल्ड कोअर्डिनेटर रोजिना घिमिरे र मञ्चका निर्देशक राईले गर्नु भएको छ ।

कार्यक्रममा हिउँ चितुवा संरक्षण शिक्षा सुरु हुनु अगाडि र हालको अवस्था, समुदायमा कार्यक्रमको प्रभावकारिता, संरक्षण सन्दर्भ पुस्तकको मूल्याङ्कन तथा चर्चा गरिएको थियो ।

प्रकाशित मिति : 6:45 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई