नेविसङ्घको स्थापना दिवसमा साहित्य सृजना प्रस्तुती 



ताप्लेजुङ । नेपाल विद्यार्थी सङ्घको ५६ औं स्थापना दिवसको अवसरमा ताप्लेजुङमा अन्तरक्रिया तथा साहित्य सृजना प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्य समिति ताप्लेजुङको आयोजनामा बिभिन्न विधाका साहित्य सर्जकहरुले कविता, गजल, सायरी र हाइकु सहितका साहित्य सृजना वाचन गरी कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गजेन्द्र तुम्याहाङ, डिल्ली रमण बराल, २, शान्ति राम नेपाल, प्रजिन हाङबाङ, झरेन्द्र तिवारी, नवराज आचार्य, मान सि राई, लिला आशु जोगी, विष्णु राइ वियोगी, मन कुमार तामाङ, सुवास खाती, समिर प्रसाईं, सौगात बिष्ट र मालती शेर्पाले सृजना वाचन गर्नु भएको थियो । 

यस्तै कार्यक्रमका नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, उपसभापति डिल्लीरमण बराल, सचिव गणेशबाबु निरौला (सञ्जय), नेविसङ्घका केन्द्रीय सदस्यद्वय विश्वराज नाल्बो र राजकुमार कार्की सहितको उपस्थिति रहेको थियो । 

साहित्य सृजना वाचन तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा नेविसङ्घको भूमिका विषयमा अन्तरक्रिया समेत सम्पन्न भएको नेविसङ्घका जिल्ला अध्यक्ष लोकेश लङ्वा (लिम्बू) ले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 6:29 am

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र

सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने

ताप्लेजुङ, चैत १३ गते । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज

ताप्लेजुङ बज्रगुरु मन्त्रजपको पहिलो दिन १२ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, चैत्र १३ गते । सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रमको

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

ताप्लेजुङ, चैत १२ गते । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

ताप्लेजुङ, चैत १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा