चलचित्र ‘सुगुप’ दुबईमा प्रदर्शन हुँदै



काठमाडौं । याक्थुङ संस्कार संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ दुबईमा प्रदर्शन हुने भएको छ । लोकेन साँबाको निर्देशन रहेको चलचित्र ‘सुगुपू यही मार्च ३० मा यूएईको स्टार सिनेमाज एयल गुरेर मुभी थ्रेटरमा प्रदर्शन हुने भएको हो ।

चलचित्रमा प्रेम सुब्बा, बबिता नेयोङहाङ, मौसम इम्बुङ (फुलन्देको बाऊ), यासेली योङहाङ, डम्बरकुमारी लिम्बू, निता लिम्बूको मुख्य भूमिका रहेको छ । लोकेन साँबा निर्देशित यो चलचित्रको गीतमा राजेशपायल राई, अन्जु पन्त, सुनिता थेगिम, मनु नेम्बाङ र सुमन लिम्बूले स्वर दिएका छन् भने संगीत प्राज्ञ अशोककुमार राई लोहरुङको रहेको छ ।

पटकथा, संवाद देवेन्द्र खापुङ ‘सुर्केली’को रहेको ‘सुगुप’को छायाँकन युवराज राई ‘वीरवहादुर’ले गरेका छन् ।
रविनकुमार नाल्बोको निर्माण तथा प्रस्तुती रहेको यस चलचित्रमा शैलेन्द्रकुमार नाल्बो, दिलमाया लाबुङ, एलपी साँवा, मनिशा सुब्बा नाल्बो, श्रीप्रसाद माबो र स्वर्गीय रामप्रसाद पन्दाक निर्माता रहेका छन् ।

नेपाल राष्ट्रिय चलचित्र पुरस्कार – २०२५ बाट पुरस्कृत एवम् राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न विधामा अवार्ड प्राप्त गर्न सफल फिल्म ‘सुगुप’ लिम्बू समुदायको संस्कारलाई लक्षित गररे बनेको नेपाली चलचित्र हो । यो चलचित्र स्वदेश तथा विदेशमा सफलताका साथ प्रदर्शन भइरहेको छ ।

अब यो चलचित्र दुबई (यूएई) को स्टार सिनेमाज एयल गुरेर मुभी थ्रेटरमा आउने मार्च ३० मा प्रदर्शन हुँदैछ । यो चलचित्रमा प्रेम सुब्बा, बबिता नेयोङहाङ, मौसम इम्बुङ (फुलन्देको बाऊ), यासेली योङहाङ, डम्बरकुमारी लिम्बू, निता लिम्बूको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई लोकेन साँवाले निर्देशन गर्नु भएको हो ।

यो चलचित्रमा राजेशपायल राई, अन्जु पन्त, सुनिता थेगिम, मनु नेम्बाङ, सुमन लिम्बूले श्वर दिएका छन् । पार्शसंगीत प्राज्ञ अशोककुमार राई लोहरुङको रहेको छ । पटकथा संवाद देवेन्द्र खापुङ ‘सुर्केली’ को छ भने छायाँङकन युवराज राई ‘वीरवहादुर’ को रहेको छ ।

यो चलचित्र मुख्य निर्माता र प्रस्तुतकर्तामा रविनकुमार नाल्बो, निर्मातामा शैलेन्द्रकुमार नाल्बो, दिलमाया लाबुङ, सहनिर्मातामा माननीय एलपी साँवा, मनिशा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, स्वर्गीय रामप्रसाद पन्दाक रहनु भएको छ ।

प्रकाशित मिति : 8:12 am

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : सलहेश फाइनलमा प्रवेश 

ताप्लेजुङ, भदौ १६ गते । सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : पहिलो सेमिफाइनल खेलमा भारत र सलहेशबिचको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : आज अन्तिम क्वाटरफाइनल खेल, झापा–११ र पुलिसबिच प्रतिस्पर्धा हुने 

ताप्लेजुङ, भदौ १५ गते । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो