गत वर्ष फागुनको तुलनामा यस वर्षको फागुनमा करिब साढे ९ हजार कम दर्शनार्थी पाथीभरा आए 



ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या घटेको छ । पाथिभरा क्षेत्र विकासले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पाथिभरामा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या घटेको हो ।

सार्वजनिक तथ्याङ्कका अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा सात हजार ४२८ दर्शनार्थी पाथिभरा मन्दिर पुगेका छन् भने गत आर्थिक वर्षको फागुन महिनामा १७ हजार ९१२ जना दर्शनार्थीले पाथिभरा मन्दिरको दर्शन गरेका थिए । गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा यो आर्थिक वर्षको फागुन महिनामा करिब साढे ९ हजार कम दर्शनार्थी पाथीभरा मन्दिर पुगेका छन् ।

पाथीभरा दर्शनका लागि असोज, कात्तिक र फागुन, चैतमा विशेषगरी बढी मात्रामा तीर्थयात्री आउने गरेका छन् । तर बन्द हड्तालका कारण तीर्थयात्रीको सङ्ख्यामा समेत दिनप्रतिदिन ह्रास आएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । 

क्षेत्र विकास समितिका अनुसार माग महिनामा पनि दर्शनार्थीको सङ्ख्या घटेको छ । चालु आर्थिक वर्षको माग महिनामा चार हजार २४९ दर्शनार्थीले पाथिभरा मन्दिरको दर्शन गरेका छन् भने गत आर्थिक वर्षको माघ महिनामा छ हजार ४०१ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । 

चालु आर्थिक वर्षको फागुन महिना सम्ममा एक लाख १८ हजार ३०० दर्शनार्थीले पाथिभरा मन्दीको दर्शन गरेका छन् । यस्तै गत आर्थिक वर्षमा दुई लाख ३१ हजार ३३४ जना तीर्थयात्री पाथिभरा मन्दिर पुगेका थिए । 

मन्दिर दर्शनका लागि आउने तीर्थयात्रीको सङ्ख्या घट्दा काफ्लेपाटी–माथिल्लो फेदीको मात्र नभई सदरमुकाम सहित मेची राजमार्ग तथा तमोर करिडोर आसपासका व्यवसायीहरू समेत प्रभावित भएका छन् ।

प्रकाशित मिति : 6:13 pm

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश