गत वर्ष फागुनको तुलनामा यस वर्षको फागुनमा करिब साढे ९ हजार कम दर्शनार्थी पाथीभरा आए 



ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या घटेको छ । पाथिभरा क्षेत्र विकासले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पाथिभरामा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या घटेको हो ।

सार्वजनिक तथ्याङ्कका अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा सात हजार ४२८ दर्शनार्थी पाथिभरा मन्दिर पुगेका छन् भने गत आर्थिक वर्षको फागुन महिनामा १७ हजार ९१२ जना दर्शनार्थीले पाथिभरा मन्दिरको दर्शन गरेका थिए । गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा यो आर्थिक वर्षको फागुन महिनामा करिब साढे ९ हजार कम दर्शनार्थी पाथीभरा मन्दिर पुगेका छन् ।

पाथीभरा दर्शनका लागि असोज, कात्तिक र फागुन, चैतमा विशेषगरी बढी मात्रामा तीर्थयात्री आउने गरेका छन् । तर बन्द हड्तालका कारण तीर्थयात्रीको सङ्ख्यामा समेत दिनप्रतिदिन ह्रास आएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । 

क्षेत्र विकास समितिका अनुसार माग महिनामा पनि दर्शनार्थीको सङ्ख्या घटेको छ । चालु आर्थिक वर्षको माग महिनामा चार हजार २४९ दर्शनार्थीले पाथिभरा मन्दिरको दर्शन गरेका छन् भने गत आर्थिक वर्षको माघ महिनामा छ हजार ४०१ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । 

चालु आर्थिक वर्षको फागुन महिना सम्ममा एक लाख १८ हजार ३०० दर्शनार्थीले पाथिभरा मन्दीको दर्शन गरेका छन् । यस्तै गत आर्थिक वर्षमा दुई लाख ३१ हजार ३३४ जना तीर्थयात्री पाथिभरा मन्दिर पुगेका थिए । 

मन्दिर दर्शनका लागि आउने तीर्थयात्रीको सङ्ख्या घट्दा काफ्लेपाटी–माथिल्लो फेदीको मात्र नभई सदरमुकाम सहित मेची राजमार्ग तथा तमोर करिडोर आसपासका व्यवसायीहरू समेत प्रभावित भएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०८१, आईतवार १८:१३

ताप्लेजुुङका प्रहरी प्रमुुख रवि रावलको सरुवा

रेडियो काबेलीताप्लेजङु । जिल्ला प्रहरी कार्यालय ताप्लेजुुङका प्रहरी प्रमुख प्रहरी

रेडियो काबेलीका स्टेशन मेनेजर एलिना दियाली सम्मानित

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजङको फुङलिङ नगरपालिकामा सञ्चालित रेडियो काबेली ९५.८

कञ्चनजंघा गुल्मको स्थापना दिवसमा सशस्त्र प्रहरी पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नं. १ गुल्म कञ्चजंघा

ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्ति पक्राउ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने व्यक्तिलाई प्रहरीले

टीकाराम गौतम स्मृति प्रतिष्ठानद्धारा पत्रकार गुरुङ सहित तिन पुरस्कृत

रेडियो काबेलीताप्लेजुङ । टिकाराम गौतम स्मृति प्रतिष्ठानले पत्रकार देवराज गुरुङ