मैवाखोला गाउँपालिकाले दियो तीन परिवारलाई एक लाख ५० हजार राहत



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ३ परिवारलाई एक लाख ५० हजार रुपियाँ राहत रकम प्रदान गरेको छ । खोलाले बगाएर मृत्यु भएका बालबालिकाका र मृगौला पीडित परिवारलाई पालिकाले राहत स्वरुप उक्त रकम प्रदान गरेको हो ।

मैवाखोला गाउँपालिका वडा नं. २ खानीका ११ वर्षीय सन्देश बराइली र ऐतमाया शेर्पाका परिवारलाई नगद ५० हजार रुपैयाँको दरले एक लाख रुपियाँ प्रदान गरिएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । दुई बालबालिकाको गत असोज १८ गते खोलाले बगाएर मृत्यु भएको थियो ।

यस्तै मृगौला पीडित परिवारलाई पनि आर्थिक रकम हस्तान्तरण गरेको छ । मैवाखोला गाउँपालिका वडा नं. ४ निवासी कीपादोर्ची शेर्पालाई उपचारका लागि नगद ५० हजार रुपियाँ प्रदान गरिएको अध्यक्ष वनेमले बताउनुभयो ।

उहाँका अनुसार खोलाले बगाएर मृत्यु भएका पीडित परिवारलाई पालिकाको विपद व्यवस्थापन कोष र मृगौला पीडित परिवारलाई अध्यक्ष स्वास्थ्य सहयोग कोषमार्फत रकम प्रदान गरिएको हो ।

प्रकाशित मिति : 6:34 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई