ताप्लेजुङमा स्थायी नियुक्तिका लागि स्थानीय तह छनोट गर्न शिक्षकहरुलाई सात दिनको म्याद



ताप्लेजुङ । ताप्लेजुङमा प्राथमिक तह तृतीय श्रेणीमा स्थायी नियुक्तिका लागि सिफारिस भएका शिक्षकहरूले अध्यापन गर्न चाहने स्थानीय तह सात दिन भित्र छनोट गर्नु पर्ने भएको छ । स्थायी नियुक्तिका लागि सिफारिस भएर आएका १ सय ४ जना शिक्षकहरूले स्थानीय तह छनोट गर्नु पर्ने भएको हो ।

शिक्षकहरूले चैत १ गतेका मितिले ७ दिन भित्रमा स्थानीय तह छनौट गरिसक्नु पर्ने शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख युगमणि सवेहाङले बताउनुभयो । उहाँका अनुसार सिफारिस भएर आएका मध्ये सबैभन्दा बढी २३ जना सिरिजङ्गा गाउँपालिकामा नियुक्ति हुने भएका छन् । यस्तै सबैभन्दा कम ४ जना फुङलिङ नगरपालिकामा नियुक्ति हुने भएको छ ।

आठराई त्रिवेणी गाउँपालिकामा १५ जना, पाथीभरा याङवरक गाउँपालिका र फक्ताङलुङ गाउँपालिकामा १४–१४ जना, मिक्वाखोला गाउँपालिकामा १२ जना, मेरिङदेन गाउँपालिकामा १० जना, सिदिङ्वा गाउँपालिकामा ७ जना र मैवाखोला गाउँपालिकामा ५ जना नियुक्ति हुने भएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 5:50 pm

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको