केबलकार विवाद : आन्दोलनरत पक्ष र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गियो 



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको आन्दोलनरत पक्ष र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । बसेरा होटल, सिंहदरबार काठमाडौंमा आज बसेको वार्ता विना निष्कर्ष टुङ्गिएको हो ।  

नो केबलकार आन्दोलनको तर्फबाट सहजीकरण वार्ता टोलीका खगेन्द्र माखिमको अनुसार करिब ४० मिनेट पछि वार्ता विना निष्कर्ष टुङ्गिएको हो । मागको विषयमा सहमति कायम हुन नसक्दा वार्ता निचोडमा पुग्न नसकेको आन्दोलनरत पक्षको भनाई छ । 

यस अघि आन्दोलनरत पक्षले सरकारी वार्ता समितिको ‘हैसियत’ नपुगेको भन्दै मन्त्रीस्तरको वार्ता टोली गठन गर्न माग गरेको थियो । गत माघ १२ गते प्रहरी र ‘नो केबलकार’ पक्षधरबीच झडप भएपछि बन्दको आह्वान गरिएको थियो । करिब एक साता लामो यातायात बन्दले ताप्लेजुङसहित पूर्वका अन्य जिल्लाका नागरिकको जनजीवन प्रभावित बनेको थियो ।

प्रकाशित मिति : 4:28 pm

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको