केबलकार विवाद : पक्राउ परेका तिन जना रिहा



रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा रहेको नो केबलकार पक्षधरका तिन जना बुधबार रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी विवेक वस्नेतका अनुसार रिहा हुनेहरुमा सिदिङबा गाउँपालिका ५ ताप्लेजुङका लक्ष्मण लिम्बू, तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू र प्रदिप मादेन रहनुभएको छ ।

तीनै जनालाई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराई मादेन १० हजार रुपैयाँ र लिम्बुद्वय ५–५ हजार धरौटीमा छुट्नु भएको सुचना अधिकारी बस्नेतको भनाई छ ।

नो केबलकार समुहले आफ्ना कार्यकर्तालाई बिना शर्त रिहाई लगायतको माग राख्दै यातयात अनिश्चितकालिन बन्द समेत गरेका थिए । आन्दोलनरत पक्ष र सरकारबीच मंगलवार राति भएको वार्तामा पक्राउ परेका आन्दोलरत पक्षका कार्यकर्तालाई रिहाई गर्ने सहमति थियो ।

पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक समेत रहेका मादेनलाई प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मालाई अश्लिल शब्द प्रयोग गरि ज्यान मार्ने धम्की दिएको कसुरमा र लिम्बुद्वयलाई छुरा सहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

लिम्बूद्वयलाई गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडाबाट र मादेनलाई गत माघ १५ गते सदरमुकामबाट प्रहरीले पक्राउ गरेका थिए ।

प्रकाशित मिति : 8:17 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई