केबलकार विवाद : पक्राउ परेका तिन जना रिहा



रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विरोधमा रहेको नो केबलकार पक्षधरका तिन जना बुधबार रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी विवेक वस्नेतका अनुसार रिहा हुनेहरुमा सिदिङबा गाउँपालिका ५ ताप्लेजुङका लक्ष्मण लिम्बू, तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू र प्रदिप मादेन रहनुभएको छ ।

तीनै जनालाई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराई मादेन १० हजार रुपैयाँ र लिम्बुद्वय ५–५ हजार धरौटीमा छुट्नु भएको सुचना अधिकारी बस्नेतको भनाई छ ।

नो केबलकार समुहले आफ्ना कार्यकर्तालाई बिना शर्त रिहाई लगायतको माग राख्दै यातयात अनिश्चितकालिन बन्द समेत गरेका थिए । आन्दोलनरत पक्ष र सरकारबीच मंगलवार राति भएको वार्तामा पक्राउ परेका आन्दोलरत पक्षका कार्यकर्तालाई रिहाई गर्ने सहमति थियो ।

पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक समेत रहेका मादेनलाई प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मालाई अश्लिल शब्द प्रयोग गरि ज्यान मार्ने धम्की दिएको कसुरमा र लिम्बुद्वयलाई छुरा सहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

लिम्बूद्वयलाई गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडाबाट र मादेनलाई गत माघ १५ गते सदरमुकामबाट प्रहरीले पक्राउ गरेका थिए ।

प्रकाशित मिति : 8:17 pm

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक

प्रथम लिङ्तेप गोल्डकप : उपाधिका लागि साथीभाइ र पाँचथर भिड्दै 

ताप्लेजुङ, माघ १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी