ताप्लेजुङमा ताक्वाचङ या–राक्मा तेनको उद्धघाटन



ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू जातिको संस्कृति झल्कने धान नाच स्तम्भ (ताक्वाचङ या–राक्मा तेन) को उद्धघाटन गरिएको छ । सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा करिब ८० लाखको लागतमा निर्मित धान नाच स्तम्भको आज उद्‌घाटन गरिएको हो ।

धान नाच स्तम्भ किराँत याक्थुङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङ र ताक्वाचङ या–राक्मा तेन निर्माण समिति ताप्लेजुङको व्यवस्थापनमा संयुक्त रुपमा निर्माण गरि उद्‌घाटन गरिएको हो । पछिल्लो समय आधुनिकताको प्रभावसँगै मौलिक संस्कार संस्कृति लोप हुँदै गएको अवस्थामा धान नाच स्तम्भ निर्माण गरिएको चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङबोले बताउनुभयो । 

यस्तै, जिल्लाको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । नवनिर्मित स्तम्भमा दुई पुरुष र दुई जना महिलाले धान नाच प्रस्तुत गर्दै गरेको देखाइएको छ । धान नाच स्तम्भसँगै पृष्ठभूमिमा कञ्चनजङ्घा हिमाल, कुम्भकर्ण हिमाल र प्रसिद्ध धार्मिक स्थल पाथीभराको प्रतिमा देखिनेगरी डिजाइन (आकृति) तयार पारिएको छ । 

लिम्बू जातिको संस्कृतिमा आधारित धान नाच वैवाहिक लगायतका क्रियाकलापमा नाच्ने गरिन्छ । यवायुवती सहित सबै उमेरका मानिसले एकअर्काको हात समाएर पालाम ९लिम्बू संस्कृतिमा आधारित गीत० गाउँदै धान नाच्ने गरिन्छ । मौलिक सांस्कृतिक कार्यसँगै विभिन्न मेला, महोत्सव सहितका कार्यक्रममा लिम्बू जाति र अन्य समुदायका मानिसले समेत धान नाच्ने गर्दछन् । स्तम्भको उद्‌घाटन कार्यक्रममा धान नाच, च्याबुङ नाच (केःलाङ) समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : 7:21 pm

सुपर काबेली ‘ए’ ले साधारण शेयर निष्कासन गर्ने 

ताप्लेजुङ, माघ १८ गते । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले

अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु

ताप्लेजुङ, माघ १८ गते । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत

केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन

सौगात विष्ट ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ)

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका