ताप्लेजुङमा ताक्वाचङ या–राक्मा तेनको उद्धघाटन



ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू जातिको संस्कृति झल्कने धान नाच स्तम्भ (ताक्वाचङ या–राक्मा तेन) को उद्धघाटन गरिएको छ । सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा करिब ८० लाखको लागतमा निर्मित धान नाच स्तम्भको आज उद्‌घाटन गरिएको हो ।

धान नाच स्तम्भ किराँत याक्थुङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङ र ताक्वाचङ या–राक्मा तेन निर्माण समिति ताप्लेजुङको व्यवस्थापनमा संयुक्त रुपमा निर्माण गरि उद्‌घाटन गरिएको हो । पछिल्लो समय आधुनिकताको प्रभावसँगै मौलिक संस्कार संस्कृति लोप हुँदै गएको अवस्थामा धान नाच स्तम्भ निर्माण गरिएको चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङबोले बताउनुभयो । 

यस्तै, जिल्लाको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । नवनिर्मित स्तम्भमा दुई पुरुष र दुई जना महिलाले धान नाच प्रस्तुत गर्दै गरेको देखाइएको छ । धान नाच स्तम्भसँगै पृष्ठभूमिमा कञ्चनजङ्घा हिमाल, कुम्भकर्ण हिमाल र प्रसिद्ध धार्मिक स्थल पाथीभराको प्रतिमा देखिनेगरी डिजाइन (आकृति) तयार पारिएको छ । 

लिम्बू जातिको संस्कृतिमा आधारित धान नाच वैवाहिक लगायतका क्रियाकलापमा नाच्ने गरिन्छ । यवायुवती सहित सबै उमेरका मानिसले एकअर्काको हात समाएर पालाम ९लिम्बू संस्कृतिमा आधारित गीत० गाउँदै धान नाच्ने गरिन्छ । मौलिक सांस्कृतिक कार्यसँगै विभिन्न मेला, महोत्सव सहितका कार्यक्रममा लिम्बू जाति र अन्य समुदायका मानिसले समेत धान नाच्ने गर्दछन् । स्तम्भको उद्‌घाटन कार्यक्रममा धान नाच, च्याबुङ नाच (केःलाङ) समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : 7:21 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता