शेर्पा सञ्चार समूह नेपाल ताप्लेजुङको अध्यक्षमा तेन्जिङ शेर्पा 



ताप्लेजुङ । शेर्पा सञ्चार समूह नेपाल ताप्लेजुङको अध्यक्षमा तेन्जिङ शेर्पा चयन हुनु भएको छ । आज भएको दोस्रो जिल्ला अधिवेशनले शेर्पाको अध्यक्षतामा नौं कार्यसमिति चयन भएको हो । 

जसमा उपाध्यक्षमा पासाङ ल्हामु शेर्पा चयन हुनुभएको छ । यस्तै सचिवमा  तेन्जिङ  (शंकर) शेर्पा चयन हुनुभएको छ भने कोषाध्यक्षमा दा खाङडु शेर्पा चयन हुनु भएको छ । सदस्यहरूमा दावा नावा शेर्पा, पासाङ लन्डुप शेर्पा, पेम्बा शेर्पा, मिङ्मा लाकी शेर्पा र ल्हाजुङ्मा शेर्पा चयन भएका छन् । 

 आम सञ्चार क्षेत्रमा शेर्पाहरुको व्यापक सहभागिता, सञ्चार क्षेत्रलाई व्यवसायिकरण गर्ने हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ सम्पन्न भएको अधिवेशनमा प्रमुख अतिथिको रुपमा नेपाल शेर्पा सङ्घ कोशी प्रदेश कार्य समिति सदस्य मिङ्मा खाङडु (सर्मिला) को उपस्थिति रहेको थियो । 

 विशिष्ट अतिथिको रुपमा नेपाल शेर्पा सङ्घ जिल्ला कार्य समिति अध्यक्ष पासाङ रिता शेर्पा, जिल्ला संस्थापक अध्यक्ष मात्रिका शेर्पा, र उद्योग वाणिज्य महासङ्घ जिल्ला कार्य समिति वरिष्ठ उपाध्यक्ष दावा शेर्पाको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : 7:17 pm

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई