टङ्क भट्टराईको “दिलमायाको चिया दोकान” सार्वजनिक




रेडियो काबेली
ताप्लेजुङ । साहित्यकार एवं ताप्लेजुङका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी टङ्क भट्टराईको “दिलमायाको चिया दोकान” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मंगलबार भाव सागर युटुब च्यानल मार्फत उक्त गितको भडियो सार्वजनिक भएको हो । गीतमा लोकप्रिय गायिका मिलन नेवार र वरीष्ठ ईन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको छ भने संगीतकार राजनराज सिवाकोटीको संगीत संयोजन रहेको छ ।

उक्त गितलाई ए वान म्युजिसियन स्टुडियोमा किशोर थापाले रेकर्ड तथा मिक्स माष्टर गर्नु भएको छ । मिलन विश्वकर्माको निर्देशन रहेको गितको भिडियोको प्रोडक्सन पाथीभरा कृयशन हाउस प्रा. लि.का हर्कराज गुरुङले गर्नु भएको छ । भिडियोमा नव कलाकारहरु नवीन भट्टराई र मारियम सिवाको मुख्य अभिनयलाई देख्न सकिन्छ भने गितको कोरियोग्राफी बि बोइङ डान्स सेन्टरकी प्रोपाईटर हिमा बराईलीले गर्नुभएको छ । गितको भिडियोलाई भुपेन्द्र योङ्हाङ र फुङ्सो जबेगुले खिच्नु भएको हो । ताप्लेजुङको फुङलिङ बजार स्थित हेलिप्याडको तमोर एफ.एम. अगाडी अवस्थित यो चिया दोकानको लोकप्रियता यसको स्वाद र यो गीतसँग जोडिएको छ । गितको म्युजिक भिडियो ताप्लेजुङ जिल्ला पर्यभटीय स्थलहरुमा छायाङ्कन गरिएको हो ।

हेर्नुस भिडियो

प्रकाशित मिति : 4:56 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि