१६ वर्षदेखि लाग्दै आएको ऐतिहासिक सङ्घीय मेला विभिन्न कार्यक्रमका साथ सञ्चालन हुँदै



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । १६ वर्षदेखि निरन्तर लाग्दै आएको ऐतिहासिक सङ्घीय मेला यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ सञ्चालन हुने भएको छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनको खाम्दिमेमा लाग्दै आएको उक्त मेला यस वर्ष पनि लाग्ने भएको हो । 

सङ्घीय खेलकुद तथा सांस्कृतिक युवा क्लबको आयोजनामा यही पुस १६ देखि १८ गतेसम्म मेला सञ्चालन हुने भएको शनिबार एक पत्रकारको आयोजना गरि जानकारी गाइएको छ । क्लबका अध्यक्ष उमेश अधिकारीका अनुसार मेलाको अवसरमा अन्तरपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र साङ्गीतिक कार्यक्रम आयोजना हुनेछ ।

भलिबल प्रतियोगितातर्फ विजेताले ८१ हजार र उपविजेतालाई ४१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै मेलामा राष्ट्रिय कलाकार प्रमोद खरेल, कुशल थलङ, दीपा सुहाङ, प्रितिका बेघा लगायतको साङ्गीतिक प्रस्तुति रहने छ । 

यो सँगै प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रमका प्रथमलाई आठ हजार, द्वितीय पाँच हजार र तृतीयलाई तीन हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । 

मेलामा सम्पन्न गर्नलाई ११ लाख बढी खर्च हुने अनुमान आयोजकले गरेको छ । 

प्रकाशित मिति : 9:32 pm

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०