१६ वर्षदेखि लाग्दै आएको ऐतिहासिक सङ्घीय मेला विभिन्न कार्यक्रमका साथ सञ्चालन हुँदै



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । १६ वर्षदेखि निरन्तर लाग्दै आएको ऐतिहासिक सङ्घीय मेला यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ सञ्चालन हुने भएको छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनको खाम्दिमेमा लाग्दै आएको उक्त मेला यस वर्ष पनि लाग्ने भएको हो । 

सङ्घीय खेलकुद तथा सांस्कृतिक युवा क्लबको आयोजनामा यही पुस १६ देखि १८ गतेसम्म मेला सञ्चालन हुने भएको शनिबार एक पत्रकारको आयोजना गरि जानकारी गाइएको छ । क्लबका अध्यक्ष उमेश अधिकारीका अनुसार मेलाको अवसरमा अन्तरपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र साङ्गीतिक कार्यक्रम आयोजना हुनेछ ।

भलिबल प्रतियोगितातर्फ विजेताले ८१ हजार र उपविजेतालाई ४१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै मेलामा राष्ट्रिय कलाकार प्रमोद खरेल, कुशल थलङ, दीपा सुहाङ, प्रितिका बेघा लगायतको साङ्गीतिक प्रस्तुति रहने छ । 

यो सँगै प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रमका प्रथमलाई आठ हजार, द्वितीय पाँच हजार र तृतीयलाई तीन हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । 

मेलामा सम्पन्न गर्नलाई ११ लाख बढी खर्च हुने अनुमान आयोजकले गरेको छ । 

प्रकाशित मिति : 9:32 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो