कञ्चनजंघा (सेसेलुङ) गोल्ड कप : मोरङलाई पछि पार्दै इलाम सेमिफाइनलमा प्रवेश



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । इलामको रेड डेभिल्स माईजोगमाई अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो कञ्चनजंघा (सेसेलुङ) गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वाटर फाइनल खेलमा मोरङको डाँगीहाट फुटबल क्लब बेलबारीलार्य ट्राइबेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै इलामले सेमिफाइनलको यात्रा तय गरेको हो । 

यो सँगै मंगलबार हुने झापाको न्यु स्टार क्लब बिर्तामोड र पाँचथरको फिदिम स्पोर्टिङ क्लबको बिजेतासँगको भेट सेमिफाइनलमा पक्का गरेको छ । खेलको निर्धारित समयमा गोलरहित बराबरी भएको कारण खेल ट्राइबेकरमा धकेलिएको थियो । 

भोलिको हुने तेस्रो क्वाटर फाइनल खेलमा सुनसरीको गोधुली फुटबल क्लब धरान र भारतको कञ्चनजंघा फुटबल क्लब सिलिगुढीबीच आमनेसामने हुँदैछ । यस खेलमा विजे हुने टिमले तेह्रथमुको सम्दु फुटबल क्लब सँग प्रतिष्पर्धा गर्नेछ । हिजो भएको उद्‌घाटन खेलमा आयोजक कञ्चनजङ्घा फुङलिङ क्लबलाई पराजित गर्दै तेह्रथुम सेमिफाइनलमा प्रवेश गरेको हो । 

प्रतियोगिताको विजेताले नगद ३ लाख ५२ हजार ८१ रुपैयाँ र उपविजेताले १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । हरेक दिनको खेलमा म्यान अफ दि म्याच बन्ने खेलाडी र खेल अवधि भरि विभिन्न विधामा उत्कृष्ट बन्नेलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ । 

चासोक तङनामको अवसरमा शनिबारबाट सुरु भएको प्रतियोगिता आगामी मंसिर २२ गतेसम्म जारी रहने छ । चासोक तङनाम सञ्चालन समिति, ङावोरक सङजुम्भो फुङलेङ र कञ्चनजंघा फुङलिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । 

प्रकाशित मिति : 5:01 pm

ताप्लेजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

ताप्लेजुङ, जेठ ७ गते । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित