मुक्कुमलुङको धागो टाँग्ने साइटमा संरचना निर्माणलाई निषेध गर्न अनुरोध



ताप्लेजुङ । मुक्कुमलुङको धागो  टाँग्ने साइटमा संरचना निर्माणलाई निषेध गर्न अनुरोध गरिएको छ । मुक्कुमलुङ् संरक्षण संयुक्त सङ्घर्ष समिति सहित ७ वटा समूहले एक विज्ञप्ति जारी गर्दै उक्त अनुरोध गरिएको हो । 

उक्त क्षेत्रमा टाँगिएको धागो चुँडियो भने आयु छोटो हुन्छ भन्ने मुन्धुमी दर्शन भएकोले भक्तजनहरूले टाँगेको धागोहरु चुँडाउन मुन्धुमी मान्यता अनुसार बर्जित भएको जानकारी विज्ञप्ति मार्फत गराइएको छ । साथै मुक्कुमलुङ क्षेत्रको कान्छी थानदेखि माथि डाँडासम्म टाँगिएको धागोहरुको संरक्षण गर्न दाहिनेपट्टिको क्षेत्रमा ट्वाइलेट, पाटी, पौवा लगायतका कुनै पति संरचना निमार्ण गर्न निषेध गर्नु अनिवार्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

निमार्ण गरिएको संरचनाहरू मन्धुमी विश्वास, मूल्य मान्यता अनुसार राख्न नमिल्ने भएकोले हटाउनु पर्ने माग राखिएको छ । अन्यथा मन्धुमी कानुन अनुसार अघि बढिने पनि सम्बन्धित पक्षलाई जानकारी गराइएको विज्ञप्ति मार्फत नै जानकारी गराइएको छ । 

प्रकाशित मिति : 6:19 am

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई

फुङलिङका १४ माछा तथा मासु पसलमा अनुगमन

ताप्लेजुङ, असोज २७ गते । उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय

घरेलुले ताप्लेजुङमा ग्राफिक डिजाइन सम्बन्धी सीप विकास तालिम सञ्चालन गर्ने

ताप्लेजुङ, असोज २७ गते । घरेलु तथा साना उद्योग कार्यालय