सुरु भयो कञ्चनजंघा (सेसेलुङ) गोल्ड कप, आयोजकलाई पछि पार्दै सम्दु सेमिफाइनलमा प्रवेश



साहारा लङ्वा लिम्बू

 ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्ड कप आजदेखि सुरु भएको छ । आज भएको उद्‌घाटन खेलमा आयोजक टिम कञ्चनजङ्घा फुङलिङ क्लबलाई पछि पार्दै तेह्रथुमको सम्दु फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

चासोक तङ्नामको अवसरमा श्री भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको उक्त खेलमा ट्राइबेकरमा १० -९ गोल अन्तरले आयोजकलाई पछि पार्दै सम्दु फुटब क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा २-२ गोलको बराबर भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । 

यो सँगै सम्दु फुटबल क्लबले सोमबार हुने सुनसरी र भारतबीचको बिजेता सँग सेमिफाइनलमा भेट पक्का गरेको छ । भोलि मोरङ र इलाम भिड्दा क्वार्टरफाईनलको अन्तिम दिन मङ्गलबार पाँचथर र झापा खेल्नेछन् । आजबाट सुरु भएको प्रतियोगिता आगामी मंसिर २२ गते सम्पन्न हुनेछ ।

कार्यक्रमको उद्‌घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गामले गर्नुभएको थियो । साथै जिल्ला प्रमुख व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको उद्‌घाटन समारोहमा च्याब्रुङ नाच (केलाङ), धान नाच (यालाङ) साथै झाकी प्रर्दशन गरिएको थियो । 

प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८१ र उपविजेताले १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । हरेक दिन म्यान अफ दि म्यान बन्ने खेलाडी र खेल अवधि भरि बिभिन्न विधामा उत्कृष्ट हुनेलाई समेत नगद पुरस्कारको ब्यवस्था गरिएको बताइएको छ ।

प्रकाशित मिति : 5:31 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो