सुरु भयो कञ्चनजंघा (सेसेलुङ) गोल्ड कप, आयोजकलाई पछि पार्दै सम्दु सेमिफाइनलमा प्रवेश



साहारा लङ्वा लिम्बू

 ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्ड कप आजदेखि सुरु भएको छ । आज भएको उद्‌घाटन खेलमा आयोजक टिम कञ्चनजङ्घा फुङलिङ क्लबलाई पछि पार्दै तेह्रथुमको सम्दु फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

चासोक तङ्नामको अवसरमा श्री भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको उक्त खेलमा ट्राइबेकरमा १० -९ गोल अन्तरले आयोजकलाई पछि पार्दै सम्दु फुटब क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा २-२ गोलको बराबर भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । 

यो सँगै सम्दु फुटबल क्लबले सोमबार हुने सुनसरी र भारतबीचको बिजेता सँग सेमिफाइनलमा भेट पक्का गरेको छ । भोलि मोरङ र इलाम भिड्दा क्वार्टरफाईनलको अन्तिम दिन मङ्गलबार पाँचथर र झापा खेल्नेछन् । आजबाट सुरु भएको प्रतियोगिता आगामी मंसिर २२ गते सम्पन्न हुनेछ ।

कार्यक्रमको उद्‌घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गामले गर्नुभएको थियो । साथै जिल्ला प्रमुख व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको उद्‌घाटन समारोहमा च्याब्रुङ नाच (केलाङ), धान नाच (यालाङ) साथै झाकी प्रर्दशन गरिएको थियो । 

प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८१ र उपविजेताले १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । हरेक दिन म्यान अफ दि म्यान बन्ने खेलाडी र खेल अवधि भरि बिभिन्न विधामा उत्कृष्ट हुनेलाई समेत नगद पुरस्कारको ब्यवस्था गरिएको बताइएको छ ।

प्रकाशित मिति : 5:31 pm

हाइड्रोपावरमा कार्यरत मजदुरको ढुङ्गाले लागेर मृत्यु

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा निर्माणधीन हाइड्रोपावरमा

ताप्लेजुङमा खाद्यले ४८ वर्षपछि चिनी बेच्दै

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार

कांग्रेस ताप्लेजुङको (क) नेतृत्व चयनमा निर्वाचन हुँदैै

ताप्लेजुङ, असोज १४ गते । नेपाली कांग्रेस ताप्लेजुङको प्रतिनिधिसभा क्षेत्रीय

देशभरका कर्मचारी मिलन केन्द्रमा पाथीभराको टीका प्रसाद

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङस्थित पाथीभरा मन्दिरको टीका प्रसाद

चार महिनापछि ताप्लेजुङमा हवाइ उडान सुरु

ताप्लेजुङ, असोज १२ गते । करिब चार महिना पछि ताप्लेजुङमा