कञ्चनजंघा (सेसेलुङ) गोल्ड कप : आजबाट सुरु हुँदै, ताप्लेजुङ र तेह्रथुम भिड्ने



ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो कञ्चनजंघा (सेसेलुङ) गोल्ड कप आजदेखि सुरु हुँदैछ । लिम्बू समुदायको मौलिक पर्व चासोक तङनामको अवसरमा आयोजित प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

गोल्ड कप सदरमुकाम फुङलिङ बजारमा अबस्थित श्री भानुजन माद्यमिक बिद्यालयको खेलमैदानमा हुदैछ । आज पहिलो दिन उद्धघाटन खेलमा ताप्लेजुङको कञ्चनजंघा फुङलिङ क्लब र तेह्रथुमको सम्दु फुटबल क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।

दुवैटीम बिजयी सुरुवात गर्दै सेमिफाईनल प्रबेश गर्ने लक्ष्यका साथ मैदान उत्रदैछन् । आजको बिजेताले सोमबार हुने सुनसरी र भारतबीचको बिजेतासँग सेमिफाइनलमा भेट पक्का गर्नेछ ।

भोलि मोरङ र ईलाम भिड्दा क्वाटरफाईनलको अन्तिम दिन मंगलबार पाँचथर र झापा खेल्नेछन् । आजबाट सुरु भएको प्रतियोगिता आगामी मंसिर २२ गते सम्पन्न हुनेछ ।

प्रतियोगिताको बिजेताले नगद ३ लाख २ हजार ८१ र उपबिजेताले १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । हरेकदिन म्यान अफ दि म्यान बन्ने खेलाडी र खेल अवधि भरि बिभिन्न बिधामा उत्कृष्ट हुनेलाई समेत नगद पुरस्कारको ब्यबस्था गरिएको बताइएको छ ।

प्रकाशित मिति : 6:25 am

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले