रास्वपा ताप्लेजुङ संयोजक श्रेष्ठ पक्राउ



ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ताप्लेजुङ संयोजक ईन्जिनियर वीरेन्द्र श्रेष्ठ पक्राउ पर्नुभएको छ । राजनीतिक प्रतिशोध र अधिनायकवाद विरुद्धमा पार्टीले घोषणा गरेको विभिन्न कार्यक्रम अन्तरगत प्रधानमन्त्री कार्यालय घेराउ गर्न जाने क्रममा उहाँसहित अन्य कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको रास्वपाले जनाएको छ ।

पार्टीको कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा श्रेष्ठ सहित १९ जना कार्यकर्ता लाई दिउँसो १२ बजे नेपाल हाउस बालुवाटारबाट प्रहरीले पक्राउ गरि मालिगाउँ प्रहरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा श्रेष्ठ सहित, अशोक चौधरी, प्रदिप बिष्ट काठमाडौं , सुरेश पोख्रेल झापा, ध्रुब ढकाल सिन्धुपाल्चोक, नवराज भण्डारी काठमाडौं , प्रकाश लामिछाने गोर्खा , रक्षा रायमाझी काठमाडौं , साहिल पृयास नुवाकोट, सबि खड्का ललितपुर, बुद्धरत्न महर्जन ललितपुर, जयाराम नेपाल सिन्धुपाल्चोक, सुरेन्द्रराज अवाले ललितपुर, सैलेन्द्र खत्री भक्तपुर, उमेश लामा सिन्धुपाल्चोक, खुसिराम कैनी तनहु, नवराज मुड्वारि गोर्खा, रामकृष्ण भट्टराई काठमाडौं र मधु खड्का नुवाकोटको रहेको रास्वपाले जनाएको छ ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ गत कार्तिक २ गते पक्राउ पर्नुभएको थियो । पार्टी सभापति लामिछाने पक्राउ परे एता रास्वपाले विभिन्न आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : 4:55 pm

सुपर काबेली ‘ए’ ले साधारण शेयर निष्कासन गर्ने 

ताप्लेजुङ, माघ १८ गते । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले

अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु

ताप्लेजुङ, माघ १८ गते । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत

केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन

सौगात विष्ट ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ)

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका