रास्वपा ताप्लेजुङ संयोजक श्रेष्ठ पक्राउ



ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ताप्लेजुङ संयोजक ईन्जिनियर वीरेन्द्र श्रेष्ठ पक्राउ पर्नुभएको छ । राजनीतिक प्रतिशोध र अधिनायकवाद विरुद्धमा पार्टीले घोषणा गरेको विभिन्न कार्यक्रम अन्तरगत प्रधानमन्त्री कार्यालय घेराउ गर्न जाने क्रममा उहाँसहित अन्य कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको रास्वपाले जनाएको छ ।

पार्टीको कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा श्रेष्ठ सहित १९ जना कार्यकर्ता लाई दिउँसो १२ बजे नेपाल हाउस बालुवाटारबाट प्रहरीले पक्राउ गरि मालिगाउँ प्रहरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा श्रेष्ठ सहित, अशोक चौधरी, प्रदिप बिष्ट काठमाडौं , सुरेश पोख्रेल झापा, ध्रुब ढकाल सिन्धुपाल्चोक, नवराज भण्डारी काठमाडौं , प्रकाश लामिछाने गोर्खा , रक्षा रायमाझी काठमाडौं , साहिल पृयास नुवाकोट, सबि खड्का ललितपुर, बुद्धरत्न महर्जन ललितपुर, जयाराम नेपाल सिन्धुपाल्चोक, सुरेन्द्रराज अवाले ललितपुर, सैलेन्द्र खत्री भक्तपुर, उमेश लामा सिन्धुपाल्चोक, खुसिराम कैनी तनहु, नवराज मुड्वारि गोर्खा, रामकृष्ण भट्टराई काठमाडौं र मधु खड्का नुवाकोटको रहेको रास्वपाले जनाएको छ ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ गत कार्तिक २ गते पक्राउ पर्नुभएको थियो । पार्टी सभापति लामिछाने पक्राउ परे एता रास्वपाले विभिन्न आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : 4:55 pm

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन