मैवाखोलामा दुई जना बालबालिका बेपत्ता 



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोलामा दुई जना बालबालिका बेपत्ता भएका छन् ।  मैवाखोला गाउँपालिका स्थित मैवाखोलाले बगाउँदा स्थानीय अन्दाजी ११ वर्षीय सन्देश बराइली र अन्दाजी १२ बर्षिया आइतरानी शेर्पा बेपत्ता भएका हुन् । 

मैवाखोला नजिकै बस्तु भाउ चराउन गएका उनीहरु पौडी खेल्ने क्रममा बेपत्ता भएको आइतरानीका दाजु कुसुले शेर्पाले बताउनुभएको छ । कुसुलेले सन्देश र  आइतरानी खोलामा बेपत्ता भएको खवर गरेपछि मात्र घटनाका बारेमा थाह भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभएको छ । 

घटनाबारे जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितको नेतृत्वमा प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रबि रावलले बताउनुभएको छ ।  

यस्तै सशस्त्र प्रहरी वल नं. १ गुल्मका डीएसपी नरेश मर्हजनले पनि सशस्त्र प्रहरीका निरीक्षक योगाहाङ पतङवाको नेतृत्वमा टोली परिचालन भएको बताउनुभयो ।

प्रकाशित मिति : 7:57 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई