हेंवाखोलामा तिब्रताका साथ फड्के बनाईदै




रेडियो काबेली
ताप्लेजुङ ।
मेची राजमार्ग अन्तरगत पाँचथरमा रहेको हेंवाखोलाको बेलिव्रिज बाढीले बगाएपछि तत्काल मान्छे हिड्न मिल्ने फड्के बनाउने कार्य तिब्रताका साथ भईरहेको छ । बुधबार (आज) साँझ सम्ममा सक्ने लक्ष्यका साथ बिहान ६ः३० बजेबाट नै काम भई रहेको शशस्त्र प्रहरी बल नेपाल नं. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका शशस्त्र प्रहरी नायव उपरीक्षक नरेश मर्हजनले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौडाई ४ फिट र ५३ मिटर लम्बाईको फड्के पुल नेपाली सेनाको रणशेर गण पाँचथरका सेनानी बिमल राउतको टोली, शशस्त्र प्रहरी बल गुल्म नं. २ पाँचथरकाका शशस्त्र प्रहरी निरिक्षक पशुपति पुरीको टोलीले निर्माण गरिरहेको छ । पुल बाढीले बगाएपछि मानिसहरुलाई यात्रा गर्न असहज भएको छ भने विशेष गरि बिरामी, ज्येष्ठ नागरिक, बालबालिका अशक्त महानुभावहरुलाई समस्या भएको छ ।

सडक डिभिजन कार्यालय इलामले डाईभर्सन निर्माण गर्न एकहप्ताको समय लाग्ने बताएपनि हालसम्म डाईभर्सन निर्माण कार्य सुरु नभएको शशस्त्र प्रहरी नायव उपरीक्षक मर्हजनले जानकारी दिनुभयो । हेवाखोलाको पुल बगेपछि ताप्लेजुङ र पाँचथरका याङवरक र हिलिहाङ गाउँपालिका सडक सम्पर्कबाट विच्छेद भएको छ । कतिपयले त्यहँसम्म गाडीमा गएर पैदल हिँड्ने गरेका छन् भने कतिपय ताप्लेजुङकै मैवाखोलाको साँघु, बसन्तपुर हुँदै धरानतर्फ आउजाउ गरेका छन् ।

प्रकाशित मिति : 1:36 pm

देशभरका कर्मचारी मिलन केन्द्रमा पाथीभराको टीका प्रसाद

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङस्थित पाथीभरा मन्दिरको टीका प्रसाद

चार महिनापछि ताप्लेजुङमा हवाइ उडान सुरु

ताप्लेजुङ, असोज १२ गते । करिब चार महिना पछि ताप्लेजुङमा

भोटेकोशी बाढीपीडितका लागि एक लाख ११ हजार सहयोग

ताप्लेजुङ, असोज १२ गते । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले भोटेकोशीमा

श्रम संस्कृति पार्टी ताप्लेजुङले ६ ओटा घर निर्माण गरि हस्तान्तरण

ताप्लेजुङ, आसोज १२ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले ६