हेंवाखोलामा तिब्रताका साथ फड्के बनाईदै




रेडियो काबेली
ताप्लेजुङ ।
मेची राजमार्ग अन्तरगत पाँचथरमा रहेको हेंवाखोलाको बेलिव्रिज बाढीले बगाएपछि तत्काल मान्छे हिड्न मिल्ने फड्के बनाउने कार्य तिब्रताका साथ भईरहेको छ । बुधबार (आज) साँझ सम्ममा सक्ने लक्ष्यका साथ बिहान ६ः३० बजेबाट नै काम भई रहेको शशस्त्र प्रहरी बल नेपाल नं. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका शशस्त्र प्रहरी नायव उपरीक्षक नरेश मर्हजनले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौडाई ४ फिट र ५३ मिटर लम्बाईको फड्के पुल नेपाली सेनाको रणशेर गण पाँचथरका सेनानी बिमल राउतको टोली, शशस्त्र प्रहरी बल गुल्म नं. २ पाँचथरकाका शशस्त्र प्रहरी निरिक्षक पशुपति पुरीको टोलीले निर्माण गरिरहेको छ । पुल बाढीले बगाएपछि मानिसहरुलाई यात्रा गर्न असहज भएको छ भने विशेष गरि बिरामी, ज्येष्ठ नागरिक, बालबालिका अशक्त महानुभावहरुलाई समस्या भएको छ ।

सडक डिभिजन कार्यालय इलामले डाईभर्सन निर्माण गर्न एकहप्ताको समय लाग्ने बताएपनि हालसम्म डाईभर्सन निर्माण कार्य सुरु नभएको शशस्त्र प्रहरी नायव उपरीक्षक मर्हजनले जानकारी दिनुभयो । हेवाखोलाको पुल बगेपछि ताप्लेजुङ र पाँचथरका याङवरक र हिलिहाङ गाउँपालिका सडक सम्पर्कबाट विच्छेद भएको छ । कतिपयले त्यहँसम्म गाडीमा गएर पैदल हिँड्ने गरेका छन् भने कतिपय ताप्लेजुङकै मैवाखोलाको साँघु, बसन्तपुर हुँदै धरानतर्फ आउजाउ गरेका छन् ।

प्रकाशित मिति : 1:36 pm

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा