वाईसिएलको आयोजनामा ऐतिहासिक लिम्बु साँस्कृतिक सङ्ग्रहालय सरसफाई




रेडियो काबेली
ताप्लेजुङ । योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) को आयोजनामा जिल्लाको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा रहेको ऐतिहासिक लिम्बु साँस्कृतिक सङ्ग्रहालय सरसफाई गरिएको छ । वाईसिएल ताप्लेजुङ संयोजक कैलाश माबोका अनुसार वाईसिएल मामाङ्खे कमिटीको आयोजनामा मंगलबार सरसफाई गरिएको हो ।


यस अघि असोज १२ गतेका लागि सरसफाई गर्ने भनिएकोमा निरन्तरको अबिरल वर्षाका कारण असोज १५ गतेका लागि सरसफाई कार्यक्रम सारिएको वाईसिएल मामाङ्खे कमिटी अध्यक्ष दुर्गा माबोले जानकारी दिनुभयो । यो सङ्ग्रहालय विश्वको पहिलो लिम्बू सङ्ग्रहालय मानिन्छ ।


गत असार १ देखी ७ गतेसम्म परेको अबिरल वर्षाका कारण आएको पहिरोले सङ्ग्रहालयमा क्षती पु¥याएको थियो । सङ्ग्रहालयमा लिम्बु समुदायको जन्म र मृत्यु संस्कारका लागि आवश्यक पर्ने हतियार, शिकार औजार र सामग्री राखिएको छ ।
सन् १७५७ र १७७४ मा लिम्बू, युद्धमा प्रयोग भएका ढाल, तरवार, बाण र भाला पनि सङ्ग्रहालयमा सुरक्षित रहेको सङ्ग्रहालय व्यवस्थापन समितिले जानकारी दिएको छ ।


पहिरोले ऐतिहासिक लिम्बु साँस्कृतिक सङ्ग्रहालयमा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै श्रमदानद्धारा सरसफाई गरिएको वाईसिएलले जनाएको छ । लिम्बु सांस्कृतिक संग्रहालय सन् २००६ मा स्थापना भएको हो ।

प्रकाशित मिति : 8:30 pm

स्थापना दिवसमा याःलाङ (फोटो फिचर) 

ताप्लेजुङ, भदौ २१ गते । किराँत याक्थुङ चुम्लुङको ३८ औँ

प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा फुरुम्बो

ताप्लेजुङ, भदौ २१ गते । नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा

ताप्लेजुङ गोल्डकपको भाग्यमानी दर्शक विशाल लिम्बू 

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका विशाल लिम्बू

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ, भदौ १९ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप