ओलाङचुङगोलामा पहिरोले काठे पुल बग्यो




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ ओलाङचुङगोलामा पहिरोले काठको पुल बगाएको छ । शशस्त्र प्रहरी बल नेपाल नं. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका डिएसपि नरेश मर्हजनका अनुसार शनिबार बिहान अबिरल वर्षासँगै ओलाङचुङगोलास्थित दाङजेटार भन्ने स्थानमा डाँडा माथिबाट पहिरो खसी काठे पुल र याक हिड्ने गोरेटो बाटो १० मिटर बगाएको हो । शसस्त्र प्रहरी ओलाङचुङगोला बिओपीबाट शसस्त्र प्रहरी निरीक्षक माधव खत्रीको कमाण्डमा सात जनाको टोलीले निरीक्षण गर्दा थप क्षती हुने जोखिम नदेखिएको डिएसपी महर्जनले बताउनुभयो ।

यता ओलाङचुङगोलामा गएको पहिरोले तमोर नदीको बहाब बढ्दै गएको भन्ने सुचना प्राप्त भएकाले नदीको आसपास बसोबास गर्नुहुने महानुभावहरुलाई सुरक्षित स्थानमा रहन पालिका उपाध्यक्ष विकास लिम्बुले सामाजिक सञ्जाल फेस्बुकमा पोस्ट गर्दै आग्रह गर्नु भएको छ । त्यस्तै फेस्बुकमै राजनीतिककर्मी मिङमा डण्डु शेर्पाले पनि ओलाङचुङगोलाका भुजुङ शेर्पा ओलाङचुङगोला गाउँ पारिपट्टीको ठाडो खोलामा आएको बाढी पहिरोले तमोर नदीको बहाव बढ्दै गएको सुचना दिनुभएकोले तमोर नदी आसपासमा बसोबास गर्नुहुने सम्पुर्णलाई सचेत भई सुरक्षित बस्न अनुरोध गर्नु भएकोछ । यसअघि पनि पहिरो आउँदा तमोर नदीले फक्ताङलुङमा क्षती गरेको थियो ।

प्रकाशित मिति : 8:49 am

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई