तेल्लोकमा काम गरि रहेको स्काभेटर काबेली खोलामा डुब्यो




रेडियो काबेली

ताप्लेजुङ । जिल्लाको सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा स्काईभेटर दुर्घटना भएको छ । काबेली खोलामा निर्माणाधिन माथिल्लो काबेली जलविद्युत आयोजनामा काम गरि रहेको बागमति प्रदेश–०१–००४ क २९३० नम्बरको स्काईभेटर आईतबार अनियन्त्रित भई खोलामा डुब्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्काईभेटर चालक सिरिजंघा गाउँपालिका–४ तेल्लोकका वर्ष २४ का निकेश भट्टराई भने सकुशल रहनुभएको छ । अस्थाई प्रहरी चौकी खाख्दिम्बेबाट प्रहरी हवल्दार उमेश उराउको कमाण्डमा प्रहरी परिचालन भई स्काईभेटर खोलाबाट झिक्ने काम भईरहको छ ।

*यस अघि खेबाङ भएकोमा सच्चाईएको छ ।

प्रकाशित मिति : 6:59 pm

दोभान आगलागीपीडितलाई पाँच लाख ६० हजार राहत

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा

फुङलिङमा सीमा सुरक्षा बैठक हुँदै

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङ र चीनको स्वशासित क्षेत्र

सडक स्तरोन्नतिपछि मैवाखोलामा नयाँ भाडादर कायम

ताप्लेजुङ, असोज २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सार्वजनिक सवारी

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य