तेल्लोकमा काम गरि रहेको स्काभेटर काबेली खोलामा डुब्यो




रेडियो काबेली

ताप्लेजुङ । जिल्लाको सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा स्काईभेटर दुर्घटना भएको छ । काबेली खोलामा निर्माणाधिन माथिल्लो काबेली जलविद्युत आयोजनामा काम गरि रहेको बागमति प्रदेश–०१–००४ क २९३० नम्बरको स्काईभेटर आईतबार अनियन्त्रित भई खोलामा डुब्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्काईभेटर चालक सिरिजंघा गाउँपालिका–४ तेल्लोकका वर्ष २४ का निकेश भट्टराई भने सकुशल रहनुभएको छ । अस्थाई प्रहरी चौकी खाख्दिम्बेबाट प्रहरी हवल्दार उमेश उराउको कमाण्डमा प्रहरी परिचालन भई स्काईभेटर खोलाबाट झिक्ने काम भईरहको छ ।

*यस अघि खेबाङ भएकोमा सच्चाईएको छ ।

प्रकाशित मिति : 6:59 pm

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक

प्रथम लिङ्तेप गोल्डकप : उपाधिका लागि साथीभाइ र पाँचथर भिड्दै 

ताप्लेजुङ, माघ १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी