अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथन प्रतियोगिताको विजेता बने पाँचथरका विशाल राई, पुरुष तर्फको प्रथम करण रावल



साहारा लङवा लिम्बू

ताप्लेजुङ । अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथन प्रतियोगिताको उपाधि विशाल राईले हात पार्नु भएको छ । हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको उपाधि पाँचथरका विशालले हात पार्नु भएको हो । 

विश्व रेड पाण्डा दिवसको अवसरमा आज सञ्चालन भएको प्रतियोगिताको उपाधि सँगै राईले नगद एक लाख रुपैयाँ प्राप्त गर्नु भएको छ । यस्तै पुरुष तर्फको प्रथम भने बझाङका करण रावल हुने भएको छ उहाँले ५० हजार रुपैयाँ प्राप्त गर्नुभएको आयोजकले जनाएको छ । 

यस्तै पुरुष तर्फको दोस्रो फक्ताङलुङका रमेश लिम्बू हुनुभएको छ भने तेस्रो सोलुखुम्बूका अर्जुन राई  हुनुभएको छ । उहाँहरूले क्रमश ३० हजार र २० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गर्नु भएको छ ।  विश्वमै लोपोन्मुख अवस्थामा रहेको रेड पाण्डा (हाब्रे)को संरक्षण र संरक्षणको महत्व, पर्यटन प्रबर्द्धन, स्थानीय अर्थतन्त्रको सुदृढीकरणका लागि म्याराथनको आयोजना गरिएको हो ।

म्याराथनको दुरी ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको तोक्मेबाट ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा धामसम्म पुगेर पुन फुङलिङ बजारको तोक्मेसम्मकै करिब ४८ किलोमिटरको रुट निर्धारण गरिएको थियो ।  पाथिभरा क्षेत्रमा रेडपाण्डाको बासस्थान भएकाले समय–समयमा तीर्थयात्रीले समेत रेड पाण्डा भेट्ने गरेका छन् । 

प्रकाशित मिति : 3:28 pm

ताप्लेजुङ गोल्डकप : सातदोबाटो र डिफेन्डिङ च्याम्पियन सलहेशको भिडन्त

ताप्लेजुङ, भदौ १४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर सेमिफाइनलमा

ताप्लेजुङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : चित्लाङ र पाँचथरबीच प्रतिस्पर्धा हुँदै

ताप्लेजुङ, भदौ १३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : उद्घाटन खेलमा आयोजक र भारतबीच प्रतिष्पर्धा हुने

ताप्लेजुङ, भदौ १२ गते । शुक्रबारबाट सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण

भोटेकोशी नदीमा ताप्लेजुङका पाँच जना बेपत्ता 

ताप्लेजुङ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान