अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथन प्रतियोगिताको विजेता बने पाँचथरका विशाल राई, पुरुष तर्फको प्रथम करण रावल



साहारा लङवा लिम्बू

ताप्लेजुङ । अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथन प्रतियोगिताको उपाधि विशाल राईले हात पार्नु भएको छ । हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको उपाधि पाँचथरका विशालले हात पार्नु भएको हो । 

विश्व रेड पाण्डा दिवसको अवसरमा आज सञ्चालन भएको प्रतियोगिताको उपाधि सँगै राईले नगद एक लाख रुपैयाँ प्राप्त गर्नु भएको छ । यस्तै पुरुष तर्फको प्रथम भने बझाङका करण रावल हुने भएको छ उहाँले ५० हजार रुपैयाँ प्राप्त गर्नुभएको आयोजकले जनाएको छ । 

यस्तै पुरुष तर्फको दोस्रो फक्ताङलुङका रमेश लिम्बू हुनुभएको छ भने तेस्रो सोलुखुम्बूका अर्जुन राई  हुनुभएको छ । उहाँहरूले क्रमश ३० हजार र २० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गर्नु भएको छ ।  विश्वमै लोपोन्मुख अवस्थामा रहेको रेड पाण्डा (हाब्रे)को संरक्षण र संरक्षणको महत्व, पर्यटन प्रबर्द्धन, स्थानीय अर्थतन्त्रको सुदृढीकरणका लागि म्याराथनको आयोजना गरिएको हो ।

म्याराथनको दुरी ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको तोक्मेबाट ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा धामसम्म पुगेर पुन फुङलिङ बजारको तोक्मेसम्मकै करिब ४८ किलोमिटरको रुट निर्धारण गरिएको थियो ।  पाथिभरा क्षेत्रमा रेडपाण्डाको बासस्थान भएकाले समय–समयमा तीर्थयात्रीले समेत रेड पाण्डा भेट्ने गरेका छन् । 

प्रकाशित मिति : 3:28 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो