भोलिदेखि फुङलिङ बजारका पसल शुक्रवार पनि खुल्ने



ताप्लेजुङ । साताको प्रत्येक शुक्रवार बन्द हुँदै आएको ताप्लेजुङ सदरमुकामको फुङलिङ बजार चाडपर्वलाई लक्षित गरी भोलि शुक्रवार देखि खुल्ला हुने भएको छ । ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले भोलि शुक्रवार देखि कात्तिक १६ गते शुक्रवार सम्म फुङलिङका बजार पसल खुल्ला हुने निर्णय गरेको हो । 

उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत भीष्मराज बरालका अनुसार कात्तिक २३ गते शुक्रवार देखि फेरि पहिले जस्तै फुङलिङ बजार प्रत्येक साताको शुक्रवार बन्द हुने छ । 

दशैं, तिहार, नेपाल सम्वत् छठ पर्वको अवसर पारेर सेवाग्राहीलाई किनमेलमा सहज होस् भन्ने उद्देश्यले साप्ताहिक रुपमा बन्द हुने बजार पसल भोलिको शुक्रबारबाट खुल्ला गर्न लागिएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

प्रकाशित मिति : 10:09 am

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक

प्रथम लिङ्तेप गोल्डकप : उपाधिका लागि साथीभाइ र पाँचथर भिड्दै 

ताप्लेजुङ, माघ १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी