फक्ताङलुङ सवारी दुर्घटनामा घाईते गुरुङको मृत्यु




रेडियो काबेली
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका वडा नं. ३ खेसेवामा पिकअप दुर्घटना हुँदा घाईते हुनु भएकी फक्तालुङ गाउँपालिका वडा नं.३ तावा बस्ने अन्दाजि बर्ष २६ की निर्मला गुरुङको मृत्यु भएको छ । शनिबार दिउँसो सदरमुकाम फुङलिङबाट फक्ताङलुङतर्फ जाँदै गरेको मे १ ज १३६२ नं. को पिकअपलाई बाटो माथिबाट पहिरो संगै आएको ढुङ्गाले लागि दुर्घटना हुदा पिकअपमा सवार गुरुङ घाईते हुनु भएको थियो ।

उहाँलाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचारका लागि लगिएकोमा ६ः४५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरि निरिक्षक विवेक वस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते गुरुङको टाउँकोमा चोट लागेको थियो । पिकअप चालक सोही ठाउँका अन्दाजि बर्ष १९ को रुपेश सुनुवार र पिकअप सिवा प्रहरी चौकीमा लगिएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : 7:47 pm

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई