फुङलिङ नगरपालिकाको पर्यटन समिति अध्यक्षमा हर्कराज गुरुङ चयन




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको फुङलिङ नगरपालिकाले नगरपालिकाको पर्यटन समिति अध्यक्षमा हर्कराज गुरुङलाई चयन गरेको छ । बिहीबार भएको नगरको ४६ औँ कार्यपालिका बैठकले गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै समितिको सदस्य सचिवमा कृष्ण प्रसाद सुवेदी, सदस्यहरूमा सिता नेपाल (कार्यपालिका सदस्य ), सुरेश लिम्बू  (होटेल व्यवसायी ), राजेन्द्र भारती (घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङ अध्यक्ष ), खेम केसी (उद्योग वाणिज्य सङ्घ ताप्लेजुङ ) , पाथीभरा क्षेत्र विकास समिति, आनन्द गौतम ( पत्रकार महासङ्घ अध्यक्ष ) र इन्जिनियर आर्दश अधिकारी चयन हुनुभएको  छ ।

नगरपालिकामा रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी, तथ्याङ्क सङ्कलन गरी पर्यटकीय क्षेत्रको विकास गर्नका लागि नगरपालिकाले नगर पर्यटन समिति गठन गरेको जनाएको छ ।

प्रकाशित मिति : 2:12 pm

केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन

सौगात विष्ट ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ)

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक