ताप्लेजुङमा क्रसर मेसिनको सामान चोरी गर्ने तीन जना पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा क्रसर मेसिनको सामान चोरी गर्ने तीन जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाथीभरा याङवरक गाउँपालिका वडा नंं. १ नाङखोल्याङका २३ वर्षका चन्द्र लोकुच सुनुवार, मेरिङदेन गाउँँपालिका वडा नंं. ५ थुकिम्माका १९ वर्षका पासाङ शेर्पा र सोही पालिकाका वडा नंं. ६ नाल्बुका वर्ष १९ का फुर्बा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सेवालुङ निर्माण सेवा प्रा.लि.ले जिल्लाको फुङलिङ नगरपालिका वडा नं.१ हान्द्रुङमा काम गर्नका लागि जडान गर्दै गरेको चारलाख बराबरको विभिन्न सामान भाद्र १४ गते चोरी गरि बिक्री गरिएकोमा प्रहरीले उक्त व्यक्तिहरुलाई पक्राउ गरेको हो । पक्राउ गरेका व्यक्तिहरुलाई जिल्ला अदालत ताप्लेजुङबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : 7:52 pm

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई