ताप्लेजुङ गोल्ड कप : अन्तिम सेमिफाइनल खेलमा ३ लाख ४४ हजार रुपैयाँको टिकट बिक्री



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको आज अन्तिम सेमिफाइनल खेलको दिन ३ लाख ४४ हजार रुपैयाँको  टिकट बिक्री भएको छ । आज भएको सिराहाको सलहेश युवा क्लब र झापाको बिर्तामोड फुटबल क्लब  बिच भएको पहिलो सेमिफाइनल खेलमा १ हजार ७२० जना दर्शकले टिकट खरिद गरेको हो । 

भदौ ३ गते सोमबार देखि जारी रहेको प्रतियोगितामा पहिलो सेमिफाइनलको दिन ३ लाख ८ हजार ८०० रुपैयाँको टिकट बिक्री भएको थियो । यस्तै पहिलो दिन २ लाख २० हजार, दोश्रो दिन मङ्गलबार १ लाख ३५ हजार रुपैयाँ, तेस्रो दिन बुधबार १ लाख ४० हजार ८ रुपैयाँ र चौथो दिन बिहीबार २ लाख १३ हजार ९ सय रुपैयाँको टिकट बिक्री भएको कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो ।

हरेक दिन टिकटबाट सङ्कलन भएको रकम खेल समापन हुन साथ समितिले सार्वजनिक गर्दै आइरहेको छ । टिकट काटेर खेल हेर्न आउने दर्शकका लागि समितिले बिभिन्न ३ ओटा अफरहरू समेत प्रदान गरेको छ । दर्शकका लागि क्वार्टरफाईनलमा एक सय, सेमिफाइनलमा २ सय र फाइनलका लागि २ सय ५० रुपैयाँ टिकट दर निर्धारण गरेको हो ।

आज भएको अन्तिम सेमिफाइनल खेलमा ट्राइबेकरमा ४-३ गोल अन्तरले झापाको बिर्तामोड फुटबल क्लब पराजित गर्दै सिराहा फाइनलमा प्रवेश गरेको छ । यो सँगै भदौ १० गते हुने फाइनल खेलमा मोरङको सगरमाथा युथ क्लब  सँग भेट पक्का गरेको छ । 

झापाले त्रिभुवन आर्मीलाई र सिरहाले पाँचथरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । हिजो भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको संघर्ष स्पोर्टिङ युवा क्लबलाई २–१ ले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो । 

भदौ १० गते हुने फाइनल प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : 10:19 pm

सुपर काबेली ‘ए’ ले साधारण शेयर निष्कासन गर्ने 

ताप्लेजुङ, माघ १८ गते । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले

अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु

ताप्लेजुङ, माघ १८ गते । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत

केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन

सौगात विष्ट ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ)

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका