ताप्लेजुङ गोल्ड कप : अन्तिम सेमिफाइनल खेलमा ३ लाख ४४ हजार रुपैयाँको टिकट बिक्री



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको आज अन्तिम सेमिफाइनल खेलको दिन ३ लाख ४४ हजार रुपैयाँको  टिकट बिक्री भएको छ । आज भएको सिराहाको सलहेश युवा क्लब र झापाको बिर्तामोड फुटबल क्लब  बिच भएको पहिलो सेमिफाइनल खेलमा १ हजार ७२० जना दर्शकले टिकट खरिद गरेको हो । 

भदौ ३ गते सोमबार देखि जारी रहेको प्रतियोगितामा पहिलो सेमिफाइनलको दिन ३ लाख ८ हजार ८०० रुपैयाँको टिकट बिक्री भएको थियो । यस्तै पहिलो दिन २ लाख २० हजार, दोश्रो दिन मङ्गलबार १ लाख ३५ हजार रुपैयाँ, तेस्रो दिन बुधबार १ लाख ४० हजार ८ रुपैयाँ र चौथो दिन बिहीबार २ लाख १३ हजार ९ सय रुपैयाँको टिकट बिक्री भएको कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो ।

हरेक दिन टिकटबाट सङ्कलन भएको रकम खेल समापन हुन साथ समितिले सार्वजनिक गर्दै आइरहेको छ । टिकट काटेर खेल हेर्न आउने दर्शकका लागि समितिले बिभिन्न ३ ओटा अफरहरू समेत प्रदान गरेको छ । दर्शकका लागि क्वार्टरफाईनलमा एक सय, सेमिफाइनलमा २ सय र फाइनलका लागि २ सय ५० रुपैयाँ टिकट दर निर्धारण गरेको हो ।

आज भएको अन्तिम सेमिफाइनल खेलमा ट्राइबेकरमा ४-३ गोल अन्तरले झापाको बिर्तामोड फुटबल क्लब पराजित गर्दै सिराहा फाइनलमा प्रवेश गरेको छ । यो सँगै भदौ १० गते हुने फाइनल खेलमा मोरङको सगरमाथा युथ क्लब  सँग भेट पक्का गरेको छ । 

झापाले त्रिभुवन आर्मीलाई र सिरहाले पाँचथरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । हिजो भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको संघर्ष स्पोर्टिङ युवा क्लबलाई २–१ ले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो । 

भदौ १० गते हुने फाइनल प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : 10:19 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई