सिराहा ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश 



ताप्लेजुङ । सिराहाको सलहेश युवा क्लब ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा ट्राइबेकरमा ४-३ गोल अन्तरले झापाको बिर्तामोड फुटबल क्लब पराजित गर्दै सिराहा फाइनलमा प्रवेश गरेको हो । 

यो सँगै फाइनलका लागि सिराहाले मोरङको सगरमाथा युथ क्लब सँग भेट पक्का गरेको छ । निर्धारित समयमा दुवै टिमबाट एक एक गोलको बराबरी भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

झापाले त्रिभुवन आर्मीलाई र सिरहाले पाँचथरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । हिजो भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको संघर्ष स्पोर्टिङ युवा क्लबलाई २–१ ले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो । 

भदौ १० गते हुने फाइनल प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : 6:37 pm

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई