ताप्लेजुङ गोल्डकप : भारतलाई पछि पार्दै संघर्ष स्पोर्टिङ युवा क्लब सेमिफाइनलमा प्रवेश 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ ।  अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण आजबाट सुरु भएको छ । भाद्र १० गतेसम्म जारी रहने प्रतियोगितामा संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङले विजय सुरुवात गरेको छ । 

आज भएको उद्‌घाटन खेलमा अन्तराष्ट्रिय टोली कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भारतलाई ७-५ गोलको  अन्तरले पछि पार्दै संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङले विजय सुरुवात गरेको हो ।

विजय भए सँगै संघर्ष स्पोर्टिङ युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अब संघर्ष स्पोर्टिङ युवा क्लबले भाद्र ५ गते हुने रूपन्देही र मोरङबीचको बिजेतासँग सेमिफाइनल खेल खेल्ने भएको छ भने, कञ्चनजङ्घा फुटबल क्लब सिलगुडीको यत्रा यही अन्त्य भएको छ । 

 भोलि छिमेकी जिल्ला पाँचथर र सलहेश युवा क्लब सिरहाबीचको खेल हुने भएको छ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित खेलको विजेताले नगद ५ लाख उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । 

खेलका विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । क्वाटर फाइनलका चारओटा खेलमा प्रत्येक दिन १ सय रुपैयाँ टिकटको ब्यवस्था गरिएको छ । सेमिफाइनलमा २ सय र फाइनलमा २ सय ५० रुपैयाँका दरले टिकटको ब्यवस्था गरिएको हो । 

गोल्डकप सम्पन्न गर्न विभिन्न चुनौतीका बावजुत दर्शकका सुविधाका लागि अस्थायी प्याराफिट समेत निर्माण गरिएको छ । सो कारण सबै दर्शकले टिकट काटेर खेल अवलोकन गरि सहयोग गरिदिनुहुन आयोजकले आग्रह गरेको छ । 


 

प्रकाशित मिति : 5:33 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी