ताप्लेजुङ गोल्डकप आजबाट सुरु हुँदै, संघर्ष स्पोर्टिङ र भारत सिलगुडीको भिडन्त



 ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण आजबाट सुरु हुँदैछ । भाद्र १० गतेसम्म जारी रहने प्रतियोगिताको उद्‌घाटन आज हुँदैछ ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित खेलमा ताप्लेजुङका एक सहित ८ ओटा टिमले सहभागिता जनाउँदैछन् । सहभागी टिमहरू ४ ओटा प्रदेशका ७ र बाँकी एउटा भारतको क्लब रहेका छन् ।

आज हुने उद्‌घाटन खेलमा जिल्लाको प्रतिनिधित्व गर्दै संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ र कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भारतले प्रतिष्पर्धा गर्दै छन् । उद्‌घाटन खेलमा संघर्षले अन्तर्राष्ट्रिय टिमसँग प्रतिष्पर्धा गर्नुपर्दा अत्यन्तै चुनौतीको सामना गर्नुपर्ने जिल्लावासीले अनुमान गरेका छन् । तर ताप्लेजुङतर्फका क्लबमा समेत अब्बल र अनुभवी खेलाडीहरू भएकाले प्रतिस्पर्धात्मक ढङ्गले मात्रै हारजित हुने सम्भावना रहेको संघर्ष स्पोर्टिङले बताएको छ ।

भारततर्फका टिममा समेत विगत लामो समयअगाडिदेखि खेलमै व्यस्त रहेका खेलाडीहरू भएकाले आजको खेलबाट बिजयी सुरुवात गर्दै सेमिफाइनल प्रवेश गर्ने योजनाका साथ मैदान उत्रने तयारीमा रहेको छ । आजको खेलमा विजेता बन्ने टिमले भाद्र ५ गते हुने रूपन्देही र मोरङबीचको बिजेतासँगको भेट पक्का गर्नेछ ।

यस्तै भोलि छिमेकी जिल्ला पाँचथर र सलहेश युवा क्लब सिरहाबीचको खेल हुनेछ । प्रतियोगिताको विजेता नगद ५ लाख उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने भएका छन् । खेलका विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

क्वाटर फाइनलका चारओटा खेलमा प्रत्येक दिन १ सय रुपैयाँ टिकटको ब्यवस्था गरिएको छ । सेमिफाइनलमा २ सय र फाइनलमा २ सय ५० रुपैयाँका दरले टिकटको ब्यवस्था गरिएको हो । गोल्डकप सम्पन्न गर्न विभिन्न चुनौतीका बावजुत दर्शकका सुविधाका लागि अस्थायी प्याराफिट समेत निर्माण गरिएको छ । सो कारण सबै दर्शकले टिकट काटेर खेल अवलोकन गरि सहयोग गरिदिनुहुन आयोजकले आग्रह गरेको छ । 

प्रकाशित मिति : 5:52 am

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा