सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख ५२ हजार ६ सय



सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार छ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार सुनको भाउ तोलामा एक लाख ४९ हजार छ सय रुपैयाँ रहेको थियो । यसअघि साउनको २९ गते अहिलेसम्मकै उच्च भाउ एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ ।

चाँदी आज तोलाको एक हजार आठ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको एक हजार सात सय ६० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : 1:46 pm

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट करदाता सेवा सुरु

ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने