मिक्वाखोलाबाट सरुवा भएर जाने कर्मचारीलाई पर्यटन दुतको रुपमा सम्मान गरिने




एलिना दियाली
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिकाबाट सरुवा भएर जाने कर्मचारीलाई पर्यटन दुतको रुपमा सम्मान गर्ने भएको छ । पर्यटन प्रर्वद्धन गर्नका लागि पालिकाको कार्यपालिका बैठकले यो निर्णय गरेको उपाध्यक्ष डण्डु लामाले जानकारी दिनुभयो ।

पालिकाका पर्यटिकय क्षेत्रको प्रवर्द्धन गर्न कार्यपालिकाको बैठक गत साउन २५ गते पालिकाको वडा नं.५ तोक्पेगोलामा अवस्थित सोदु पोखरीमा बस्दै उक्त निर्णय भएको उपाध्यक्ष लामाको भनाई रहेको छ । उहाँले भन्नुभयो,“ ईतिहास मै पहिलो पटक मिक्वाखोला गाउँपालिकाको कार्यपालिका बैठक ३ हजार ८ सय ४२ मिटरको उचाईमा रहेको सोदु पोखरीमा बस्यो । बैठकले मिक्वाखोलाबाट सरुवा भएर जाने कर्मचारीलाई पर्यटन दुतको रुपमा सम्मान सहित विदाई गर्ने, पर्यटन क्षेत्रमा सहयोग गर्ने व्यक्ति तथा सहयोगी दातालाई सहयोगी ताराको रुपमा सम्मान गर्ने साथै पर्यटन विकासका लागी मिक्वाखोालाको भौतिक पुर्वाधार विकास गर्ने निर्णय भएको छ ।”

गत साउन २५ गते देखी २८ गतेसम्म तोक्पेगोलामा लागेको तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवको अवसरमा उक्त क्षेत्रको अझ बढी प्रचारप्रसार होस् भन्ने उद्देश्यले तोक्पेगोलामा कार्यपालिका बैठक राखिएको पालिकाले जनाएको छ ।

मिक्वाखोला क्षेत्रमा फुङफुङ्गे झरना, हिलिमा झरना,लगायतका अन्य झरना, सोदु पोखरी, भुत पोखरी लगायतका दर्जनौ पोखरी एवं तालहरु, पदमचाल, बिख्मा, पाँचऔँले, यार्सागुम्बा लगायतका जडिबुटी पाईने उर्वर भूमि साथै रेडपान्डा लगायत जङ्गली जनावरहरू,चौरी पालन,भेडा पालन र घ्यु, छुर्पी उत्पादन क्षेत्र तथा खर्कहरु रहेका छन् ।

प्रकाशित मिति : 12:36 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी