मिक्वाखोलाबाट सरुवा भएर जाने कर्मचारीलाई पर्यटन दुतको रुपमा सम्मान गरिने




एलिना दियाली
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिकाबाट सरुवा भएर जाने कर्मचारीलाई पर्यटन दुतको रुपमा सम्मान गर्ने भएको छ । पर्यटन प्रर्वद्धन गर्नका लागि पालिकाको कार्यपालिका बैठकले यो निर्णय गरेको उपाध्यक्ष डण्डु लामाले जानकारी दिनुभयो ।

पालिकाका पर्यटिकय क्षेत्रको प्रवर्द्धन गर्न कार्यपालिकाको बैठक गत साउन २५ गते पालिकाको वडा नं.५ तोक्पेगोलामा अवस्थित सोदु पोखरीमा बस्दै उक्त निर्णय भएको उपाध्यक्ष लामाको भनाई रहेको छ । उहाँले भन्नुभयो,“ ईतिहास मै पहिलो पटक मिक्वाखोला गाउँपालिकाको कार्यपालिका बैठक ३ हजार ८ सय ४२ मिटरको उचाईमा रहेको सोदु पोखरीमा बस्यो । बैठकले मिक्वाखोलाबाट सरुवा भएर जाने कर्मचारीलाई पर्यटन दुतको रुपमा सम्मान सहित विदाई गर्ने, पर्यटन क्षेत्रमा सहयोग गर्ने व्यक्ति तथा सहयोगी दातालाई सहयोगी ताराको रुपमा सम्मान गर्ने साथै पर्यटन विकासका लागी मिक्वाखोालाको भौतिक पुर्वाधार विकास गर्ने निर्णय भएको छ ।”

गत साउन २५ गते देखी २८ गतेसम्म तोक्पेगोलामा लागेको तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवको अवसरमा उक्त क्षेत्रको अझ बढी प्रचारप्रसार होस् भन्ने उद्देश्यले तोक्पेगोलामा कार्यपालिका बैठक राखिएको पालिकाले जनाएको छ ।

मिक्वाखोला क्षेत्रमा फुङफुङ्गे झरना, हिलिमा झरना,लगायतका अन्य झरना, सोदु पोखरी, भुत पोखरी लगायतका दर्जनौ पोखरी एवं तालहरु, पदमचाल, बिख्मा, पाँचऔँले, यार्सागुम्बा लगायतका जडिबुटी पाईने उर्वर भूमि साथै रेडपान्डा लगायत जङ्गली जनावरहरू,चौरी पालन,भेडा पालन र घ्यु, छुर्पी उत्पादन क्षेत्र तथा खर्कहरु रहेका छन् ।

प्रकाशित मिति : 12:36 pm

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ, कात्तिक २३ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम)

कञ्चनजङ्घा संरक्षण क्षेत्र आईयुसिएन हरियो सूचीको आवेदन चरणका लागि योग्य

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र

ताप्लेजुङको हाङ्देवाबाट खोरेत विरुद्धको खोप कार्यक्रम सुरु

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाको घिमिरे

आज देशभर मौसम सफा, कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएकाले आज

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्दै

काठमाडौँ । हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा