नन्द कुमारी र हर्कराज चोङबाङद्धारा सिन्धकाली आधारभुत विद्यालयलाई ७ लाख बढी सहयोग



एलिना दियाली 

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं.– १ मा रहेको सिन्धकाली आधारभुत विद्यालयलाई स्थानीयले ७ लाख बढीको सहयोग गरेका छन् । विद्यालयलाई मेरिङदेन –१, साविक थिङलाबु– ४ घर भई हाल हङकङ निवासी भिमहाङ चोङबाङ क्याकका कान्छा छोरा बुहारीले ७ लाख बढीको सहयोग गरेका हुन् ।

बुहारी नन्द कुमारी चोङबाङ क्याकले विद्यालयको गेट र कम्पाउण्ड बनाउन ४ लाख ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । नन्द कुमारी चोङबाङको सहयोगमा विद्यालयको गेट र कम्पाउण्ड निर्माण सम्पन्न भएर बुधबार उद्‌घाटन गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र ओख्राबुले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेरिङदेन गाउँपालिका सामाजिक विकास संयोजक एवं २ नं. वडा अध्यक्ष तेज कुमार श्रेङचोङबाङको प्रमुख आतिथ्यतामा नवनिर्मित विद्यालयको गेट र कम्पाउण्डको उद्‌घाटन गरिएको हो ।

त्यस्तै भिमहाङ चोङबाङ क्याकका छोरा हर्कराज चोङबाङ क्याकले अक्षय कोष र छात्रवृत्ति कोष निर्माणार्थ ३ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नु भएको प्रधानध्यापक सन्त कुमार चोङबाङ क्याकले बताउनुभयो ।

कार्यक्रममा १ नं. वडा अध्यक्ष सविन कुमार चोङबाङ, पुर्व वडा अध्यक्ष लाक्पा शेर्पा, विद्यालयका शिक्षक साथै जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 7:42 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक