ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को इकाई कमिटी गठन भएको छ । क्याम्पसमा आज एक कार्यक्रमका बिच राज गुरुङको अध्यक्षतामा २५ सदस्यीय इकाई कमिटी गठन भएको हो ।
क्याम्पस इकाई कमिटीको १२ औँ सम्मेलनबाट सबै पदाधिकारी सर्वसम्मत चयन भएको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज किरण लिङ्देनले जानकारी दिनुभएको छ । उहाँका अनुसार समितिको उपाध्यक्षद्वयमा प्रकाश बिष्ट र निकिता लिम्बू, सचिवमा सुजन लिम्बू, सह-सचिवमा इक्सा लिम्बू र शान्तिला लिम्बू, कोषाध्यक्षमा शिक्षा घिमिरे सहित २५ सदस्यीय इकाई कमिटी चयन भएका हो ।
उक्त सङ्गठनको केन्द्रिय सम्मेलन नजिकिए सँगै विद्यार्थी सम्मेलन साथै कमिटी गठनलाई तिव्रता दिइएको केन्द्रिय सदस्य लिङ्देनको भनाई छ । अनेरास्ववियु क्रान्तिकारीले सदरमुकाम आसपासका शैक्षिक संस्थामा कमिटी गठनलाई निरन्तरता दिँदै आएको छ । सँगै पालिका स्तरका कमिटीलाई पनि छिटै सम्पन्न गर्ने तयारी भइरहेको लिङ्देनले जानकारी दिनुभयो ।
प्रतिक्रिया