३७ सय उचाइमा ‘तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव’ आजबाट



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव २०८१ आजबाट सुरु हुँदै छ । हिमाली तोक्पेगोला युथ क्लबको आयोजनामा महोत्सव मिक्वाखोला गाउँपालिका वडा नं. ५ को तोक्पेगोलामा सञ्चालन हुने हुने भएको हो ।

आज बाट २८ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा विभिन्न विधाका खेलकुद साथै मनोरञ्जनात्मक कार्यक्रम हुने महोत्सवका मूल आयोजक समितिका प्रचार प्रसार संयोजक नुपु छिरिङ शेर्पाले जानकारी दिनुभएको छ ।

उहाँका पुरुष भलिबल प्रतियोगिता, खुल्ला हाल्फ म्याराथन प्रतियोगिता र प्यारासो प्रतियोगिता सञ्चालन हुँदै छ । भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख ११ हजार १११ रुपैयाँ सँगै ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् भने दोस्रो हुनेले ७१ हजार १११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने मूल आयोजक समितिका आर्थिक संयोजक प्रताप साँवा लिम्बूले जानकारी दिनुभएको छ ।

समुद्र सतहदेखि करिब ३ हजार ७ सय मिटरको उच्चाईमा खेलाइएको भलिबल प्रतियोगितालाई नेपालकै उच्च स्थानमा सञ्चालन गरिएको दावी रहेको आर्थिक संयोजक प्रताप साँवाले जानकारी दिनुभएको छ । यस्तै खुल्ला हाफ म्याराथनका विजेताले नगद ३० हजार सहित प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश नगद २० र १० सँगै प्रमाण पत्र प्राप्त गर्ने आयोजकको भनाई छ ।

प्यारासो प्रतियोगिताको प्रथम हुनेले नगद १० हजार सहित प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले नगद १० हजार सँगै प्रमाण पत्र पाउने छ । प्यारासो प्रतियोगिता तिब्बतीय संस्कृतमा आधारित खेल रहेको प्रचार संयोजक नुपु छिरिङ शेर्पाले जानकारी दिनुभएको छ । महोत्सवलाई सफल पार्न मिक्वाखोला गाउँपालिका र मिक्वाखोला गाउँपालिका वडा नं। ५ को वडा कार्यलयले प्रायोजकको रुपमा सहयोग गरेको छ ।

विशेष गरि ताप्लेजुङ जिल्लाको पर्यटकीय सम्भावना बोकेको मिक्वाखोला गाउँपालिकामा धेरै भन्दा धेरै आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याउने हेतुले महोत्सवको आयोजना गरिएको आर्थिक संयोजक साँवाको भनाई छ ।

प्रकाशित मिति : 12:41 am

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन

तिम्बुङ अन्तर्राष्ट्रिय ट्रेल रनमा सञ्जय राई प्रथम

ताप्लेजुङ, भदौ २६ गते । तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ ट्रेल रन