मैवाखोलाको मङ्मया खोलामा अवरुद्ध भएको सडक सुचारु 



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको मङ्मया खोलामा अवरुद्ध भएको सडक सुचारु भएको छ ।  गाउँपालिका केन्द्र साँघु र सदरमुकामसँग फुङ्लिङ जोड्ने मैवाखोला वडा न. २ र ३ को बिचमा पर्ने मङ्मया खोलामा अवरुद्ध भएको सडक तीन दिन पछि सुचारु भएको हो । 

साउन १६ गते राती आएको बाढीले खोला किनार आसपास सडकको भाग बगाउँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । पालिकाको निरन्तर प्रयास पछि साउन १९ गते बेलुका तीन दिन पछि उक्त सडक सुचारु गर्न सफल भएको हो । 

खोलामा आएको बाढी पहिरोका कारण यो सडक सँगै पालिका केन्द्र सँग जोड्ने वडा न. ४, ५ र ६ को बाँकी सडकमा पनि सवारी साधन आवतजावत ठप्प भएको छ । अवरुद्ध सडकहरू खोलाउन केही समय लाग्ने मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय वनेमले जानकारी दिनुभएको छ । 

अहिले बर्खा याम भएकोले पानी परि रहने भएका कारण खोलामा बाढी आइ रहने र बनाएको केही समयमै सडक पुन बाढीले बगाउने भएकाले अहिलेलाई खोला किनारमा अस्थाई बाटो निर्माण गरिएको उहाँले बताउनुभएको छ । उहाँका अनुसार पानी पर्न कम हुन साथ सबै अवरुद्ध सडकहरू क्रमश सुचारु गरिदै लगिने छ । 

प्रकाशित मिति : 12:58 am

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई