चलचित्र ‘सुगुप’ लाखेजात्राको अवसरमा ताप्लेजुङमा प्रर्दशन हुँदै



ताप्लेजुङ । ताप्लेजुङको विभिन्न रमणीय स्थलहरुमा छायाङ्कन गरिएको लिम्बु संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ लाखेजात्राको अवसरमा ताप्लेजुङमा प्रर्दशन हुने भएको छ । पब्लिक चोइस अवार्ड, उत्कृष्ट छायांकन, उत्कृष्ट सम्पादन र उत्कृष्ट पार्श्व संगित सहित आधा दर्जन बढी अवार्ड हात पार्न सफल चलचित्र ‘सुगुप’ लाखेजात्राको अवसरमा भाद्र ५ देखी ९ गते सम्म प्रर्दशन हुने भएको हो ।
उक्त चलचित्रको ताप्लेजुङमै जन्मिनु भएका रबिन्द्र कुमार नाल्बो मुख्य निर्माता हुनुहुन्छ भने चलचित्र ताप्लजुङको रमणीय स्थलहरु नाल्बू र साँबा ,याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थल सहित भारतको आसाममा छायाङ्कन गरिएको चलचित्रको कथा,निर्माता,निर्देशन लोकेन साँबा लिम्बुले गरेका हुन।

लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्यथाको कारण ज्युँदो या मृत बच्चा जन्माउने क्रममा अथवा प्रशुती ब्यथाकै कारण अकालमा मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन छ । सुगुप भएर मृत्युवरण गरेकी महिलालाई गरिने मृत्युु संस्कार सामान्य मृत्युमा गरिने संस्कारभन्दा केही अलग हुन्छ । सुगुप भएको महिलाको मृत्यु संस्कार गर्न येबा (बिजुवा) हरुको महत्वपूर्ण भूमिका रहन्छ ।

एक बियोगान्त कथा बोकेको सुगुप भित्र बैबाहिक संस्कार ,रितिथिती,गरीबी भित्रको पिडालाई सामाजिक समस्याको रुपमा देखाईएको छ। गर्भावस्थाको बेला बिजुवा फेदाङ्मा हरु बाट बिशेष मुन्धुम द्वारा आमा र बच्चाको स्वास्थ्य लाभको निम्ति उनै प्रकृति,खोलानाला,देबिदेउराली , माङ हरु सङ्ग बल आशीर्वाद माग्ने परम्परा र धार्मिक बिश्वास रहिआएको छ।

यस्तो पुजा आराधना गर्दा र नगर्दा हुने असर र यस्ले निम्त्याउन सक्ने दुर्घटना लाई छर्लङ्ग रुपमा देखाईएको छ। चलचित्रमा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम के योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्र पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला शैलेन्द्र कुमार नाल्बो, रबिन इन्द्र सेर्पा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

यासेली योङहाङ, जानु काम्बाङ, सागर केरुङ रिता फोम्बो ठुलि को उत्कृष्ट शब्द हरुमा अशोक लोहोरुङ राई ले मीठो संगित भर्नुभएको छ। राजेश पायल राई, अञ्जु पन्त, सुनिता थेगिम, रुकमान लिम्बु, मनु नेम्वाङ, सुमन लिम्बु लगायतको मीठो स्वरमा पालाम,गितहरु सुन्न पाईन्छ। राजेशपायल राई र अन्जु पन्तको स्वरमा सजिएको “लुङमा फङनु आदाङ्बे आतान केबेक्पे” बोलको गितले थप उचाई सगैँ हरेक दर्शकको हृदयलाई पगालेको छ।

हरेक दुःखद क्लाईमेक्समा आउने गायिका मनु नेम्बाङको हाम्लाक्वा धुन ले अझ दर्शक सबैको आँखा रसाउन बाध्य बनाउँछ ।देवेन्द्र खापुङ को पटकथा रहेको फिल्मलाई युवराज राई (वीरबहादुर), ले छायांकन गर्नु भएको हो । सम्पादनः विपिन मल्ल, कलरिष्टः रेनिस फागो साउण्ड सुनयमान श्रेष्ठको रहेको छ। शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो निर्माता तथा सह–निर्माताः एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, नृत्य निर्देशकः कमल राई, द्वन्द निर्देशनः किशोर सम्बाहाङ्फे, कला निर्देशनः निश्चल कुलुङ राई, मेकअपः विजय लामा, सञ्जु थलङको रहेको छ ।

चलचित्र सुगुपको प्रस्तुतकर्ता तथा मुख्य निर्माताः रबिन कुमार नाल्बो लिम्बुको रहेको छ। सानैदेखी आफ्नो भाषा लिपि,संस्कृतिमा केही गरौँ भन्ने हुटहुटीले सताईरहन्थ्यो रबिन लाई । ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका –६ मा जन्मिनुभएका रबिन कुमार २९ बर्ष अघि भबिष्य खोज्दै शुन्दर हङकङ पुग्नुभएको थियो।

सानैदेखी मिजाशिलो स्वभाव, सहयोगी भावना , उदारबादी सोच, सृजनशिल बिचार र आकर्षक सुगठित शरिर ले पनि थप आकर्षक ब्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ। हङकङ जस्तो चर्चित शहरमा लोभलाग्दो सफल समाजसेवि ब्यबसायीको परिचय बनाउन सफल नाल्बोको परिचय अब सफल निर्मातामा पनि दर्ज भएको छ ।

Everest Rockscapes Limited.Everest Tekwando Academy जस्ता कम्पनीका संस्थापक ÷ निर्देशक हुनुहुन्छ ।
१२ बर्ष सम्म निरन्तर कडा संघर्ष गरेर सिकेको शिपलाई व्यवसायमा ढालेर सयौं लाई प्रत्यक्ष,अप्रत्यक्ष रुपमा रोजगारी समेत दिइरहनुभएको छ । HongKong Ocean Park , HongKong Disney Land / Hong Kong Resident लगायतका स्थानहरुमा कृत्रीम ढुङ्गा र थिम आर्टहरुको सृजना गरि शुन्दर सजावट गर्ने काम गर्दछ। लिम्बू तथा नेपाली मिश्रीत रहेको चलचित्र सुगुपको अब बिशुद्व नेपाली भाषामा ताप्लेजुङमा प्रर्दशन हुने निर्माता ,प्रस्तुतकर्ता रबिन कुमार नाल्बोले बताउनुभयो ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार १४:४१

असोज २ देखि ‘मुक्कुमलुङ’ शिल्पी थिएटरमा मञ्चन हुँदै

काठमाडौं । डा. चित्र माबोको कथासंग्रह ‘डोलीभर्ना’मा आधारित नाटक मुक्कुमलुङ

फक्ताङलुङमा बाटो खनिरहेको स्काभेटरमा पहिरो खस्यो

रेडियो काबेलीताप्लेजुङ । तमोर करिडोर अन्तर्गत जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा

श्री सिंहपुर पशुपति माध्यमिक विद्यालयमा ६ लाख बढिको अक्षय कोष स्थापना

पाँचथर । हिलिहाङ गाउँपालिका वडा नं. २ पाँचथरमा रहेको श्री

फक्ताङलुङ सवारी दुर्घटनामा घाईते गुरुङको मृत्यु

रेडियो काबेलीताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका वडा नं. ३ खेसेवामा पिकअप

न्यौपानेको संयोजकत्वमा रास्वपा ताप्लेजुङ–काठमाडौं विभाग गठन

रेडियो काबेलीताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश न्यौपानेको संयोजकत्वमा “ताप्लेजुङ्