ताप्लेजुङ गोल्ड कपको गीत तथा भिडियो सार्वजनिक (भिडियो सहित)



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङ गोल्ड कपको गीत तथा भिडियो सार्वजनिक भएको छ । आज फुङलिङ बजारको सिटिहलमा एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त ताप्लेजुङ गोल्डकपको गीत तथा भिडियो भएको हो ।

गीतमा ताप्लेजुङका ५ सहित ८ जना गायक गायिकाको स्वरमा रहेको छ । पूर्वकै प्रतिष्ठित गोल्डकपको रुपमा परिचित खेललाई गीत सङ्गीतको माध्यमबाट थप प्रचार प्रसार गर्ने उद्देश्यका साथ गीत तयार पारिएको निर्माणकर्ता तथा गायक महेश सिवाले बताउनुभयो । 

लाखेजात्रा सञ्चालन समितिको समन्वयमा गीत तथा भिडियोलाई विमोचन गरिएको छ । गोल्डकपको आफ्नै गीत समेत तयार भएकाले यसले थप खेलको उचाइलाई बढाउने आयोजकले विश्वास लिएका छन् ।

गीतमा ताप्लेजुङमै जन्मिएका प्रसिद्ध गायकहरू दीपक लिम्बू, पदम राई, भिम लिम्बू, साहिल लिम्बू र सिवा स्वयम्‌को पनि स्वर रहेको छ । यस्तै गीतमा अन्य चर्चित गायक प्रताप दास, गायिकाहरू रोजिना बस्नेत र ससिका राईले समेत साथ दिएका छन् ।

डिपि खनालको शब्द रहेको गीतमा देवेस राईको संगीत संयोजन रहेको छ । गीतको स्लोगन लाखेजात्रा संचालक समितिका अध्यक्ष देवराज गुरुङको रहेको  छ । सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो दामी क्रिएसनले सम्पादन गरेको हो । यस गीतको भिडियो एसएम इन्टरटेनमेन्ट नाईन्टिन नाईटि सिक्स नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गायक सिवाले यसअघि ‘बदनाम भएर’, ‘माया लाउँ कि नलाउँ जस्ता गीत सार्वजनिक गरिसक्नु भएको छ । त्यस्तै उहाँले तत्कालै ‘मायामा जित’ पनि सार्वजनिक गर्ने तयारी गरिरहनु भएको बताईएको छ ।

सार्वजनिक भिडियो

प्रकाशित मिति : 11:12 am

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई