८ सय बढीले गराए मतदाता नामावलीमा नाम दर्ता



ताप्लेजुङ । ताप्लेजुङका ८ सय बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । आव ०८०/०८१ मा  ३ सय ४० महिला र ४ सय ६५ पुरुष गरि कुल ८ सय ५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

निमित्त जिल्ला निर्वाचन अधिकारी बिपिन दुलालका अनुसार २ सय ३२ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ । जसमा १ सय २६ पुरुष र १ सय ६ जना महिला रहेका छन् । त्यस्तै ५७ जना पुरुष र ३८ जना महिला गरि कुल ९५ जनाले ठेगाना परिर्वतन गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालको भनाई छ ।

उहाँका अनुसार ४६ जनाको त्रुटि सच्याउँदा दोहोरो नाम भएको २४ जनाको कटौती गरिएको छ । त्रुटि सच्याउनेमा ३५ पुरुष र ११ महिला, दोहोरो नाम हटाउनेमा ११ पुरुष र १३ महिला रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

ताप्लेजुङमा असार मसान्तसम्मको तथ्याङ्क अनुसार ९२ हजार ८ सय ९७ जना रहेका छन् । जसमध्ये ४९ हजार ८ सय ५७ पुरुष र ४३ हजार ४० जना महिला रहेको कार्यालयले जनाएको छ ।

गत वैशाख १४ गतेसम्म १८ वर्ष पुरा भएका मतदाता जिल्लामा ४४ हजार ४ सय ५४ पुरुष र ४१ हजार ४ सय ११ जना महिला गरि कुल ८८ हजार ८ सय ६५ रहेका छन् ।

प्रकाशित मिति : 3:45 pm

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई