ताप्लेजुङमा प्रहरीद्धारा सालकको उद्धार, बुझाइयो वन कर्मचारीलाई



ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बन्यजन्तु सालकको उद्धार गरेको छ । सोमबार राति करिब साढे ११ बजेको समयमा फुङलिङ नगरपालिका ७ को ऐश्वर्य चोकबाट प्रहरीले सालकको उद्धार गरेको हो ।

स्थानीयबाट सालक फेला परेको खबर पाउन साथ प्रहरीको टोली खटाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी प्रहरी निरीक्षक कमल कुमार लुङगेलीले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार गरिएको सालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सुरक्षित राखि मंगलबार (आज बिहान )बनका कर्मचारीलाई जिम्मा लगाइएको छ ।

पाथीभरा सब–डिभिजन बन कार्यालय ताप्लेजुङका कर्मचारी (फरेष्टर) फुपुग्याबु शेर्पा र अम्बिका बिष्टलाई उद्धार गरिएको सालक बुझाइएको प्रहरी निरीक्षक लुङगेलीको भनाई छ ।

प्रकाशित मिति : 3:50 am

केबुलकार खारेजको माग गर्दै ताप्लेजुङ प्रदर्शन

सौगात विष्ट ताप्लेजुङ, माघ १७ गते । पाथिभरा मन्दिर (मुक्कुमलुङ)

हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम

ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला

फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति

सौगात विष्टताप्लेजुङ, माघ १६ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका

प्रथम लिङ्तेप गोल्डकपको उपाधि पाँचथरलाई

 ताप्लेजुङ, माघ १३ गते । प्रथम लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक कुसायक