पर्यटन प्रवर्द्धन गर्न मिक्वाखोलाको कार्यपालिका बैठक तोक्पेगोलामा बस्ने



एलिना दियाली
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्न कार्यपालिकाको बैठक तोक्पेगोला बस्ने भएको छ । पालिकाका पर्यटिकय क्षेत्रको प्रवर्द्धन गर्न कार्यपालिकाको बैठक यही साउन २५ गते पालिकाको वडा नं.५ तोक्पेगोलामा  बस्न लागेको हो । गाउँपालिका उपाध्यक्ष डण्डु लामाले यही साउन २५ गते तोक्पेगोलामा लाग्न लागेको तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवको अवसरमा उक्त क्षेत्रको अझ बढी प्रचारप्रसार होस् भन्ने उद्देश्यले बैठक तोक्पेगोलामा बस्ने गरी कार्यपालिकाले पारित गरेको बताउनुभयो ।

तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव मूल आयोजक समितिको आयोजनामा यही साउन २५ गतेदेखि २८ गतेसम्म तोक्पेगोलामा तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव हुँदैछ । वडा नं. ५ का अध्यक्ष ग्यान्जे शेर्पाको संयोजकत्वमा महोत्सवका लागि मूल आयोजक समिती नै गठन गरिएको जनाएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा भेडा, चौँरी प्रर्दशन, जडिबुटी स्टल, ढोक्प्या साथै अन्य जातीको सांस्कृतिक जातीय झाँकी रहन कार्यक्रम संयोजक प्रताप साँबाले जनाउनु भएको छ ।

महोत्सवमा पुरुष भलिबल, पुरुष म्याराथन साथै पारास्यो खेल समेत हुने खेल संयोजक दावा नुपु ढोक्प्याले जनाउनु भएको छ ।
उहाँका अनुसार भलिबलतर्फ प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११ रुपैँया प्राप्त गर्दा द्वितीय हुने टिमले नगद ७१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै म्याराथनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश नगद ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने पारास्योतर्फ प्रथम र द्वितीय हुनेले क्रमश नगद १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

पर्यटन प्रवर्द्धन साथै स्थानीय संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा सोदु पोखरी, साजु पोखरी, भुत पोखरी, तीन पोखरी लगायतका पोखरी तथा तालतलैयाको अवोलकन गर्न सकिने मूल आयोजक समिति संयोजक शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मिक्वाखोला क्षेत्रमा अवस्थित हिलिमा झरना, फुङफुङ्गे झरना लगायतका अन्य झरना, पदमचाल, बिख्मा, पाँचऔँले, यार्सागुम्बा लगायतका जडिबुटी पाईने उर्वर भूमि साथै रेडपान्डा लगायत जङ्गली जनावरहरूको अवलोकन, चौरी पालन,भेडा पालन र घ्यु, छुर्पी उत्पादन क्षेत्र तथा खर्कहरुको अवलोकन एवं पृथक पहिचान र मौलिक संस्कृतिका धनी ढोक्प्या जातिको भेषभुषा तथा संस्कृतिसँग साक्षात्कार गर्ने अवसर प्राप्त गर्ने समिती संयोजक शेर्पाको भनाई रहेको छ ।

महोत्सवको हिमाली तोक्पेगोला युथ क्लब, मिक्वाखोला पापुङ आयोजक रहेको छ भने मिक्वाखोला गाउँपालिका र ५ नं. वडा कार्यालय पापुङले मुख्य प्रायोजन गरेको छ । त्यस्तै महोत्सवको सह– आयोजकको रुपमा तोक्पेगोला समाज सेवा समिति जिल्ला कार्यसमिति ताप्लेजुङ, ढोक्प्या छेसी सञ्चालक समिति, पापुङ, तोक्पेगोला याक तथा भेडा कृषक समुह पापुङ र ढोक्प्या किदुक न्युयोर्क रहेका छन् ।

प्रकाशित मिति : 3:08 pm

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : सलहेश फाइनलमा प्रवेश 

ताप्लेजुङ, भदौ १६ गते । सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : पहिलो सेमिफाइनल खेलमा भारत र सलहेशबिचको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप