उपाध्यक्ष डा.माबोको डोलीभर्ना कथासंग्रह सार्वजनिक



ताप्लेजुङ। सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष एवं साहित्यकार डा.चित्र माबोको पहिलो कथासंग्रह डोलीभर्ना शुक्रबार (आज) सार्वजनिकभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको लेखनाथ कक्षमा आज एक कार्यक्रमका बिच कथासंग्रह सार्वजनिक भएको हो। प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्रीलगायतले संयुक्त रुपमा कथा सङ्ग्रह डोलीभर्ना सार्वजनिक गर्नुभएको हो । सो कथासंग्रहमाथि प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी र साहित्यकार प्रनिका कोयूले वक्ताका रुपमा आफ्नो धारणा राख्नु भएको छ।

नेपाली साहित्यमा विद्यावारिधी गर्नुभएका माबोले पुर्वी पहाडको जनजीवन, बर्षौदेखिको सामाजिक सद्भाव, लिम्बू जातिको पवित्र मुन्धुम, सस्कार, संस्कृतिदेखि समसामयिक विषय समेत टिपेर लेखिएका १५ वटा कथाहरु डोलीभर्नामा संग्रहित रहेको बताउनुभएको छ । सो कथा संग्रहलाई सांग्रीला बुक्सले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : 1:10 pm

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था