तोक्पेगोला पर्यटन तथा चौरी महोत्सव २०८१ साउन २५ गतेदेखी हुने




एलिना दियाली
ताप्लेजुङ । तोक्पेगोाल पर्यटन तथा चौरी महोत्सव २०८१ हुने भएको छ । महोत्वसव मिक्वाखोला गाउँपालिका वडा नंं. ५ मा रहेको हिमाली तोक्पेगोला युथ क्लबको आयोजनामा यहि साउन २५ देखी २८ गतेसम्म हुने भएको हो । वडा नं. ५ का अध्यक्ष ग्यान्जे शेर्पाको संयोजकत्वमा महोत्सवका लागि मुल आयोजक समिती नै गठन गरिएको क्लबले जनाएको छ ।

महोत्वसको मुख्य आर्कषणको रुपमा भेडा, चौँरी प्रर्दशन, जडिबुटी स्टल, ढोक्प्या साथै अन्य जातीको साँस्कृतिक जातिय झाँकी रहन कार्यक्रम संयोजक प्र्रताप साँबाले जनाउनु भएको छ । महोत्सवमा पुरुष भलिबल, पुरुष म्याराथुन साथै पारास्यो खेल समेत हुने खेल संयोजक दावा नुपु ढोक्प्याले जनाउनु भएको छ ।

उहाँका अनुसार भलिबलतर्फ प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय ११ रुपैँया प्राप्त गर्दा द्धितिय हुने टिमले नगद ७१ हजार १ सय ११ रुपैँया प्राप्त गर्नेछन् । त्यस्तै म्याराथुनतर्फ प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश नगद ३० हजार, २० हजार र १० हजार रुपैँया प्राप्त गर्नेछन् भने पारास्योतर्फ प्रथम,द्धितिय र तृतिय हुनेले क्रमश नगद १५ हजार, १० हजार र ५ हजार रुपैँया प्राप्त गर्नेछन् ।

पर्यटन प्रवद्र्धन साथै स्थानीय संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा सोदु पोखरी, साजु पोखरी, भुत पोखरी, तीन पोखरी लगायतका पोखरी तथा तालतलैयाको अवोलकन गर्न सकिने मुल आयोजक संमिती संयोजक शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मिक्वाखोला क्षेत्रमा अवस्थित हिलिमा झरना, फुङफुङ्गे झरना लगायतका अन्य झरना, पदमचाल, बिख्मा, पाँचऔँले, यार्सागुम्बा लगायतका जडिबुटी पाईने उर्वर भुमि साथै रेडपाण्डा लगायत जंगली जनावरहरुको अवलोकन, चौरी पालन,भेडा पालन र घ्यु, छुर्पी उत्पादन क्षेत्र तथा खर्कहरुको अवलोकन एवं पृथक पहिचान र मौलिक संस्कृतिका धनि ढोक्प्या जातिको भेषभुषा तथा संस्कृतिसँग साक्षात्कार गर्ने अवसर प्राप्त गर्ने समिती संयोजक शेर्पाको भनाई रहेको छ ।

महोत्सवको हिमाली तोक्पेगोला युथ क्लब, मिक्वाखोला–५ पापुङ आयोजक रहेको छ भने मिक्वाखोला गाउँपालिका र ५ नं. वडा कार्यालय पापुङले मुख्य प्रायोजन गरेको छ । त्यस्तै महोत्सवको सह– आयोजकको रुपमा तोक्पेगोला समाज सेवा समिती जिल्ला कार्यसमिती ताप्लेजुङ, ढोक्प्या छेसी सञ्चालक समिती, पापुङ, तोक्पेगोला याक तथा भेडा कृषक समुह पापुङ र ढोक्प्या किदुक न्युयोर्क रहेको प्रचार प्रसार संयोजक नुपु छिरिङ ढोक्प्याले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 4:19 pm

ताप्लेजुङ गोल्डकप : उपाधिका लागि सलहेश र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १८ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : पाँचथर फाइनलमा प्रवेश

ताप्लेजुङ, भदौ १७ गते । पाँचथरको फिदिम स्पोर्टिङ क्लब अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : फाइनलका लागि झापा–११ र पाँचथरको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

ताप्लेजुङ गोल्डकप : सलहेश फाइनलमा प्रवेश 

ताप्लेजुङ, भदौ १६ गते । सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : पहिलो सेमिफाइनल खेलमा भारत र सलहेशबिचको प्रतिस्पर्धा

ताप्लेजुङ, भदौ १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप